पार्टीको दोस्रो विधान महाधिवेशन

नेपाल कम्युनिष्ट पार्टी (एमाले( को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । महाधिवेशनमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ सुरु भएको छ । महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी रहनु भएको छ । यसअघि २०७८ सालमा विधान महाधिवेशन भएको थियो ।