नेकपा (एमाले), जिल्ला कमिटी, रूपन्देहीको विस्तारित बैठकमा सहभागी हुदै

विगतका उपलब्धी र कमजोरीबाट शिक्षा लिँदै, जनता, राष्ट्र र पार्टीप्रति अझबढी निष्ठावान र समर्पित हुँदै,

पार्टीको आन्तरिक एकतालाई खँदिलो र बलियो बनाउँदै, आम जनतामा आशा, भरोसा र विश्वास जगाउँदै,

हरेक प्रकारका चुनौतीको सामना गर्दै र प्रतिकूलताहरूलाई पन्छाउँदै,

संविधानको रक्षा गर्ने र नेकपा (एमाले)लाई राज्य संचालनको नेतृत्वदायी भूमिकामा स्थापित गर्ने सङ्कल्पका साथ आज नेकपा (एमाले), जिल्ला कमिटी, रूपन्देहीको विस्तारित बैठक भब्यता र सफलताका साथ सम्पन्न भएको छ ।