गणतन्त्र दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना
आज जेठ १५ गते अर्थात् गणतन्त्र दिवस । नेपालमा राजतन्त्रको अन्त्य र संघीय लोकतांत्रिक गणतन्त्र प्रारम्भ भएको (२०६५ जेठ १५ गते) ऐतिहासिक दिन । नेपाली जनता इतिहासमा पहिलो पटक सार्वभौमसत्ता सम्पन्न भएको दिन ।
गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका संघर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
राजनीतिक दल वा ब्यक्ति विशेषका गल्ति-कमजोरीले सङ्घीय लोकतांत्रिक गणतन्त्रको औचित्य खण्डित हुन सक्दैन । जनताबाट निश्चित अवधिमा निर्वाचित जनप्रतिनिधिहरूले देशको बागडोर सम्हाल्ने र शासन सञ्चालन गर्ने प्रणाली अन्तर्गत दल वा ब्यक्तिका भूल-त्रुटि सच्याउँदै अघि बढ्ने विकल्प पनि सुरक्षित हुन्छ ।
तसर्थ, नेपाल र नेपालीको सुन्दर र सुरक्षित भविष्यका लागि विगतका अनुभवबाट शिक्षा लिदै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सफल प्रयोग र विकासमा योगदान गर्न सकौं । गणतन्त्र दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना ।