बिराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय भेलामा
प्रतिनिधि सभा निर्वाचन- २०८२ को समिक्षा र पार्टी पुनर्गठनका सम्बन्धमा सुझाव सङ्कलन गर्न बिराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय भेलामा सहभागी कमरेडहरूले अत्यन्त उचाईबाट आ-आफ्ना विचार विश्लेषण प्रस्तुत गर्नुभयो ।
आजको प्रस्तुतीले केन्द्रीय सचिवालयको निर्णय कति धेरै महत्वपूर्ण रहेछ भन्ने पनि पुष्टि भएको छ । कमरेडहरूका सुझावहरू पार्टीको औपचारिक निर्णयमा प्रतिबिम्बित हुनेनै छन् ।
छलफलका क्रममा कमरेडहरूले भन्नुभए जस्तै निर्वाचन समिक्षाका निष्कर्षहरूबाट शिक्षा ग्रहण गर्न, समयको माग अनुरूप पार्टीलाई पुनर्गठन गर्न, गुमेको जनताको विश्वास पुन: प्राप्त गर्न र नेकपा (एमाले)लाई निर्णायक राष्ट्रीय शक्तिको भूमिकामा स्थापित गर्न सक्षम हुनेछौं ।
कार्यक्रममा उपस्थित र छलफलमा सहभागी सबै कमरेडहरूलाई धेरै धेरै धन्यवाद ।


