कपिलवस्तुको चन्द्रौटामा आयोजित लुम्बिनी प्रदेश स्तरीय भेलामा

प्रतिनिधि सभा निर्वाचन- २०८२ को समिक्षा र पार्टी पुनर्गठनका सम्बन्धमा सुझाव सङ्कलन गर्न कपिलवस्तुको चन्द्रौटामा आज आयोजित लुम्बिनी प्रदेश स्तरीय भेलामा अत्यन्त उचाईबाट आ-आफ्ना विचार विश्लेषण प्रस्तुत गर्नुहुने कमरेडहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

छलफलमा भाग लिनुहुने कमरेडहरूले ब्यक्त गर्नुभएका विचारहरूलाई कार्यदलका पदाधिकारी तथा सदस्यहरूले ध्यानपूर्वक र तटस्थ भावका साथ सुनेकाछौं । ब्यक्त विचारहरू कार्यदलका लागि, अन्तत: समग्र पार्टीका लागि अत्यन्त उपयोगी हुनेछन् ।

नेकपा (एमाले)को विषेशता विचारको छलफल-बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्ने हो । यस् सन्दर्भमा जनताको वहुदलीय जनवाद प्रतिपादनको पृष्ठभूमिमा भएको वहस र त्यसक्रममा प्राप्त भएको ऐतिहासिक उपलब्धि विशेष रूपमा स्मरणीय छ। निसन्देह, पार्टी भित्रको बहस-छलफल स्वस्थ, मर्यादित र विधिसम्मत् हुनुपर्दछ, त्यसले पार्टीलाई उन्नत निष्कर्षमा पुग्न र आन्तरिक एकतालाई बलियो बनाउन मद्दत गर्नु पर्दछ।

समग्र देशको जस्तै लुम्विनीको कम्युनिष्ट आन्दोलनको गौरवपूर्ण विरासतको पछिल्लो कडिमा गंभीर धक्का वा पराजय जोडिन आईपुगेको छ । यो अवस्थाले हामी सबैलाई अत्यन्त चिन्तित तुल्याएको छ । तथापि शिक्षा लिएर, सच्चिएर, पुनर्गठित भएर नेपाली कम्युनिस्ट आन्दोलनको विजययात्रा सुनिश्चित गर्ने कमरेडहरूको सुझावका लागि धेरै-धेरै धन्यवाद छ ।