विष्णुप्रसाद पौडेल
परिचय

म विष्णुप्रसाद पौडेल ,नेकपा एमालेको उपाध्यक्ष । रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट २०७४ मा निर्वाचित प्रतिनिधिसभा सदस्यमा निर्वाचित । पार्टी, सरकार र संसद्मा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएको छु । म परिणाममुखी काममा विश्वास गर्छु ।

साढे चार दशक लामो राजनीतिक यात्राका दौरान पार्टी, सरकार र संसद्का अनेक महत्वपूर्ण जिम्मेवारीहरु सम्हालेको छु ।

विष्णुप्रसाद पौडेलको

वर्तमान जिम्मेवारी

बि. सं २०८१ असार ३२ देखि उपप्रधान तथा अर्थमन्त्री

२०७८ मङ्सिर १०–१४ मा चितवनमा सम्पन्न को दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ।

२०७९ मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा रुपन्देही, निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित ।

सरकारमा सहभागिता

२०७९ पुष ११ देखि फागुन १५ सम्म / २०७८ जेठ १ देखि २०७८ असार २९ सम्म ।

२०७७ असोज २८ देखि २०७८ बैशाख ३१ सम्म / २०७२ कात्तिक १९ देखि २०७३ साउन १९ सम्म ।

२०६७ चैत ३ देखि २०६८ भदौ ११ सम्म ।

२०६५ भदौ ६ देखि २०६६ जेठ ७ सम्म ।

२०५३ चैत १२ देखी २०५४ असोज १० सम्म ।

जनप्रतिनिधिको भूमिका

२०७९ मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा रुपन्देही, निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित ।

२०७४ मङ्सिर २१ मा सम्पन्न निर्वाचनमा रुपन्देही, निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित ।

२०७० मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा रुपन्देही, निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित ।

२०६४ चैत २८ मा सम्पन्न निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित ।

२०५६ जेठ ४ मा सम्पन्न निर्वाचनमा रुपन्देही, निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार ।

२०५१ कात्तिक २९ मा सम्पन्न निर्वाचनमा पाल्पा, निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित ।

२०७० मङ्सिर ४ मा निर्वाचित संविधानसभाद्वारा पहिलो संविधानसभाका कामहरुको अध्ययन तथा निक्र्यौल गरी निर्धारित समयमै प्रतिवेदन प्रस्तुत गरेको ।

महत्वपूर्ण राजनीतिक जिम्मेवारी

२०७८ मङ्सिर १०–१४ मा चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ।

सर्वोच्च अदातलको फैसलाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पूर्ववतः अवस्थामा फर्किएपछि विसं २०७७ फागुन २३ देखि २०७८ मङ्सिर १४ सम्म ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरण पश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीद्वारा निर्वाचित । २०७५ जेठ ३ देखि २०७७ फागुन २३ सम्म ।

२०७१ असार २५ देखि साउन १ मा काठमाडाँैमा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ।

२०६५ फागुन ५–१४ मा बुटवलमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ।

२०५९ माघ १८–२२ मा जनकपुरमा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित । केन्द्रीय कमिटीको प्रथम बैठकबाट स्थायी कमिटीको वैकल्पिक सदस्यमा निर्वाचित ।

२०५४ माघ १२–१८ मा नेपालगञ्जमा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ।

२०४९ माघ १४–२० मा काठमाडाँैमा सम्पन्न पाचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ।

२०४७ माघमा केन्द्रीय कमिटीद्वारा मनोनित ।

नेकपा (माले) र नेकपा (माक्र्सवादी)को एकीकरणबाट नेकपा (एमाले) गठन भएसँगै २०४७ पुस २२ मा केन्द्रीय कमिटीद्वारा मनोनित ।

२०४६ भदौ ९–१४ मा सिराहमा भूमिगत रुपमा आयोजना गरिएको चौथो राष्ट्रिय महाधिवेशनमा नवलपरासी जिल्लाको प्रतिनिधिको हैसियतमा सहभागी ।

२०४६ असोजमा पाल्पाको मदनपोखरामा आयोजना गरिएको र महासचिव कमरेड मदन भण्डारी प्रमुख अतिथि रहनुभएको अधिवेशनबाट निर्वाचित ।

राजनीतिक यात्राको आरम्भ र विकासक्रम

  • २०३४ सालमा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (माक्र्सवादी– लेनिनवादी) सँग सम्पर्क । इलाका पार्टी सक्रिय दलमा संगठित ।
  • २०३५ असोज ७ मा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (माक्र्सवादी–लेनिनवादी) को सदस्यता प्राप्त ।
  • २०३५ माघदेखि रुपन्देही जिल्ला अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माले)को ईलाका कमिटी सदस्य ।
  • २०३७ असोजमा नेपाल कम्युनिष्ट पार्टी (माले) को रुपन्देही जिल्ला कमिटीको सदस्य ।
  • २०३७ मङ्सिरदेखि २०४० कार्तिकसम्म नेपाल कम्युनिष्ट पार्टी (माले) पाल्पा जिल्ला कमिटी सदस्य ।
  • २०४० मंसीरदेखि २०४७ मंसिरसम्म फरक–फरक समयमा नेपाल कम्युनिष्ट पार्टी (माले) जिल्ला कमिटी अर्घाखाँची, गुल्मी र नवलपरासीको सचिव र पश्चिम दक्षिण क्षेत्रीय कमिटी (साविक लुम्बिनी अञ्चल) को सदस्य ।
  • २०३५ मंसिर ३ देखि २०४६ चैत्र २६ सम्म भूमिगत र २०३५ मंसिर ३ देखि हालसम्म पूर्णकालीन राजनीतिकर्मीको भूमिकामा क्रियाशील ।
  • २०३५ देखि २०४६ सम्मको भूमिगत राजनीतिक जीवनमा कैलाश, पवन, जयन्त, कपिल, उमेश, दिव्य, ध्रुव आदि भूमिगत नामबाट समेत परिचित ।
  • २०४७ माघदेखि २०४९ माघसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाकाली अञ्चल इन्चार्ज । २०४९ देखि २०७३ सम्म विभिन्न समयमा करिब १० बर्ष लुम्बिनी अञ्चल इञ्चार्ज ।
  • २०५१ माघदेखि विभिन्न समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय संगठन विभागको सदस्य, सचिव र ६ कार्यकाल प्रमुख ।
  • २०५३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उद्योग व्यवसाय विभागको प्रमुख । २०५५ असारमा स्थानीय निकाय विभागको प्रमुख । २०६६ असारमा संविधानसभा संसदीय विभागको प्रमुख ।
  • २०५६ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय सचिव ।
  • २०६१ साउन र २०६९ असारदेखि नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालय सचिव । विभिन्न समयमा केन्द्रीय सचिवालय सदस्य ।
  • २०६६ असार ५ देखि पश्चिमाञ्चल विकास क्षेत्रमा पार्टी कामको अनुगमन ।
  • २०७३ असौज ११ देखि नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश नं ५ को संगठन कमिटीको संयोजक ।

आन्दोलनमा भूमिका

  • राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलन २०६२/६३ मा महत्वपूर्ण भूमिका निर्वाह ।
  • निरंकुश राजतन्त्र र पञ्चायती ब्यवस्था विरोधी संयुक्त जनआन्दोलन २०४६/४७ मा नेपाल कम्युनिष्ट पार्टी (माले)को तर्फबाट नवलपरासी जिल्लामा मुख्य नेतृत्वकर्ताको भूमिका ।
  • रुपन्देही जिल्लामा सञ्चालित निरंकुश राजतन्त्र तथा निर्दलीय पञ्चायती ब्यवस्था विरोधी जनआन्दोलन २०३५/३६ सालमा सक्रिय सहभागिता ।
  • २०३७ असार १२ गते भारताको नौतनवाबाट नेकपा (माले)का दस्तावेज देशभित्र भित्र्याउने क्रममा रुपन्देहीमा गिरफ्तार । राजकाज मुद्दा अन्तर्गत ३ बर्ष जेल र रु ३ हजार जरिवानाको सजायँ । २०३७ भदौ १ गते विहान करीव ४.३० बजे भैरहवा जेल बिद्रोह गरेर जनताको न्यानो आश्रय र पार्टीको सम्पर्कमा पुग्न सफल ।