हाम्रो प्रतिबद्धता पत्र : प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ (१) तथा २ (२), रूपन्देही- पूर्णपाठ

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन– २०७९
नेपाल कम्युनिस्ट पार्टी (एमाले)
प्रतिबद्धता पत्र
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ (१) तथा २ (२), रूपन्देही

आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू,

२०७४ सालमा सम्पन्न निर्वाचनको परिणामस्वरूप गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले विकास, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा ऐतिहासिक महत्वका उपलब्धिपूर्ण कामहरू गर्दै अघि बढिरहेको थियो । आम नेपालीमा आशा र विश्वास जगाइरहेको थियो । त्यस सरकारलाई षड्यन्त्रपूर्वक विस्थापित गरेर बनेको गठबन्धन सरकारले देशलाई चौतर्फी रूपमा बर्बादीतर्फ धकेलेको छ । यस पृष्ठभूमिमा संविधानको व्यवस्था बमोजिम २०७९ मङ्सिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि आम निर्वाचन सम्पन्न हुँदै छ ।

यो निर्वाचन नेकपा (एमाले) को नेतृत्वमा बहुमतको सरकार बनाएर देशलाई बर्बादीबाट जोगाउने, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने, लोकतन्त्रलाई राज्य सञ्चालन र आम जनताको जीवनपद्धतिमा विकसित गर्ने, जनताका मुर्छित आकांक्षाहरूलाई पुनर्जागृत गर्दै संविधानको रक्षा एवं कार्यान्वयन गर्ने, भौतिक एवं मानवीय विकासलाई चौतर्फी रूपमा अघि बढाउँदै समृद्धि एवं सामाजिक न्यायतर्फको यात्रालाई सुनिश्चित तुल्याउने ऐतिहासिक अवसरका रूपमा आइपुगेको छ । हामी यस निर्वाचनको पूर्वसन्ध्यामा आदरणीय सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी तथा प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीलगायत समाजको अग्रगति र प्रगतिका लागि योगदान गर्नुहुने सम्पूर्णमा हार्दिक सम्मान प्रकट गर्दछौँ ।

विगतमा हामीले रूपन्देहीलाई विकासका दृष्टिले देशकै नमुना बनाउने उद्देश्यका साथ भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा महŒवपूर्ण कार्यहरू अघि बढाएका छौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरण सम्पन्न भई सञ्चालनमा आएको छ र दोस्रो चरणको निर्माणकार्य सुरु हुँदै छ । बुटवल–बेलहिया छ लेन सडक, भुमही–परासी–भैरहवा–लुम्बिनी–तिलौराकोट सडक, तिनाउ र दानव नदीमा दर्जन बढी डबल लेनका मोटरेबल पुलहरू, बुटवल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, तामनगरमा कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय (केएनआईपी) को स्थापना, शंकरनगर वनवाटिकामा बुहउद्देश्यीय भवन, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला तथा शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायतका क्षेत्रमा अनेकौँ पूर्वाधारहरू निर्माण भएका छन् । सैनामैना चक्रपथ र बेलबास–बेथरी सडकको अधिकांश काम सम्पन्न भएको छ ।

राजमार्ग चौराहा–गोलपार्क सडक, कालिका पथ, बुटवल–नारायणघाट छ लेन सडक, तटबन्धसहितको तिनाउ–दानव कोरिडोर सडक, लुम्बिनी गुरु योजना, कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजना, सिद्धबाबा सुरुङमार्ग र सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डको स्तरोन्नति, तिनाउ नदीमा सिग्नेचर पुल, बुटवल–गोरुसिङ्गे–चन्द्रौटा छ लेन सडक, झुम्साखोला खानेपानी आयोजना, तिलोत्तमामा सरकारी स्वामित्वको मेडिकल कलेज, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति, बुटवल मण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल, देवदहमा बहुविषयक लुम्बिनी बौद्ध विश्वविद्यालयको पूर्वाधार, लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयमा स्तरोन्नति, कर्साघाटमा आधुनिक पूर्वाधारसहितको कृषि उपज केन्द्र, ऐतिहासिक बोलबम धामको पूर्वाधार, जितगढी लगायतका पुरातात्वीक सम्पदा क्षेत्रको संरक्षण र विकास, सैनामैनामा लामीरह बाँधसहितको पर्यटकीय पूर्वाधार, सैनामैनामै आधुनिक प्रविधिसहितको फोहोर मैला प्रशोधन केन्द्र, विद्युत् प्रसारण लाइन भूमिगत गर्ने कार्य, बिटिआईलाई इन्जिनियरिङ कलेजमा स्तरोन्नति, मोतीपुर औद्योगिक क्षेत्र, मुर्गिया र रामापुरबाट लुम्बिनी जाने सडक, बेलबास–नुवाकोट–दोभान सडक, सैनामैनामा जेष्ठ नागरिक संरक्षण ग्राम र प्राकृतिक चिकित्सालय तथा योग केन्द्र, सहरी क्षेत्रमा ओभरहेड ब्रिजसहितको पूर्व पश्चिम रेलमार्ग, कर्णेल उजीरसिंह रङ्गशाला, एकीकृत विकाससहितको मेगासिटीका लागि डिपिआर निर्माण र शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायतका सामाजिक एवं भौतिक पूर्वाधारका क्षेत्रमा अनेकौँ आयोजनाहरूको निर्माण कार्य वा तयारी कार्य अघि बढेको छ । हाम्रा सामु सम्पन्न भएका आयोजनाहरूको प्रभावकारी व्यवस्थापन गर्ने, निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्ने र तयारी अवस्थामा रहेका आयोजनाहरू सुरु तथा सम्पन्न गर्ने जिम्मेवारी आएको छ ।

अब हामी माथि उल्लिखित आयोजनाहरू सम्पन्न गर्ने, शिक्षा, स्वास्थ्य, सिप विकास र रोजगारी तथा स्वरोजगारीको क्षेत्रमा राज्यको लगानी आकर्षित गर्ने, भौतिक एवं आर्थिक पूर्वाधार र मानवीय विकासलाई एक अर्काको पूरकका रूपमा अघि बढाउने र आम नागरिकको आयस्तर तथा जीवनस्तरलाई माथि उठाउने कार्यमा केन्द्रित हुने छौँ । यी आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन हुँदा निर्वाचन क्षेत्र नं. २ र समग्र रूपन्देही विकासको दृष्टिले देशकै नमुना एवम् अगुवा हुने छ । यही उद्देश्यसहित नेकपा (एमाले) का तर्फबाट सार्वजनिक गरिएको केन्द्रीय घोषणा–पत्रको मार्गदर्शनमा रूपन्देही जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र यसअन्तर्गतका प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ (१) तथा २ (२) का साथै रूपन्देही तथा आसपासको भौतिक विकास एवम् सामाजिक न्यायसहितको समृद्धिका लागि निम्नानुसारको प्रतिबद्धता प्रस्तुत गर्दछौँ ।

(क) एकीकृत विकास र आधुनिक पूर्वाधार सहितको वृहत लुम्बिनी

१. बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने छ । तिलौराकोट, रामग्राम, देवदह, सैनामैनालगायतका ऐतिहासिक एवम् पुराताŒिवक महŒवका बुद्धकालीन सम्पदा क्षेत्रको उत्खनन, संरक्षण र विकास गरिने छ ।

२. बृहत् लुम्बिनीलाई दीर्घकालीन विकास गुरुयोजनाअन्तर्गत सहरी क्षेत्र, औद्योगिक क्षेत्र, कृषि क्षेत्र, वन क्षेत्रलगायतका क्षेत्रहरूमा वर्गीकरण गरी भूउपयोग तथा पूर्वाधार विकासका योजना कार्यान्वयन गरिने छ ।

३. विश्व शान्तिको मुहान, गौतम बुद्धको जन्मभूमि लुम्बिनीको गुरूयोजनाअन्तर्गतका सम्पूर्ण काम सम्पन्न गरिने छ । गुरुयोजना आसपासको क्षेत्रमा स्थानीय जनतासँगको सहकार्यमा लुम्बिनी विश्व शान्तिनगर निर्माण गरिने छ ।

४. बुटवल, तिलोत्तमा र सैनामैनामा जग्गा एकीकरण (ल्याडपुलिङ) अवधारणाअनुरूप नयाँ सहरहरूको विकास गरिने छ ।

५. बृहत् लुम्बिनी क्षेत्रअन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोडिने छ र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गरिने छन् ।

६. तिनाउ, दानवका साथै कञ्चन, रोहिणी लगायतका नदी किनारामा पक्की तटबन्ध, कोरिडोर सडक, हरियाली पार्कसहितका पर्यटन पूर्वाधार निर्माण गरिने छ ।

७. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरिने छ । यस आयोजनाको दोस्रो चरणअन्तर्गत अत्याधुनिक अन्तर्राष्ट्रिय टर्मिनल भवन, समानान्तर ट्याक्सी वे लगायतका पूर्वाधार निर्माण गरिने छ । यस विमानस्थलबाट संसारका विभिन्न मुलुकहरूमा सुविधाजनक हवाई यात्रा र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने व्यवस्था मिलाइने छ ।

८. पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट र बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डलाई अत्याधुनिक छ लेन सडकमा स्तरोन्नति गरिने छ । सिद्धार्थ राजमार्गको बुटवल–सुनौली खण्डको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको बाँकी काम सम्पन्न गरिने छ । उक्त राजमार्गको बुटवल–पोखरा खण्डलाई आवश्यक स्थानमा सुरुङमार्ग तथा अग्ला पुलहरू (भायडक्ट) सहित डेडिकेटेड डबल लेनमा स्तरोन्नति गरिने छ ।

९. सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र र पूर्व–पश्चिम राजमार्गको दाउन्नेमा सुरुङ मार्ग निर्माण गरी सञ्चालनमा ल्याइने छ । पूर्व–पश्चिम राजमार्गको बुटवल स्थित तिनाउ नदीमा आकर्षक एवम् आधुनिक डिजाइनको सिग्नेचर पुल निर्माण गरिने छ ।

१०. निजी क्षेत्रको लगानीमा केबुलकार सेवा सञ्चालन हुन लागेका नुवाकोट, वसन्तपुर र आसपासको क्षेत्रलाई हिल स्टेसन र रमणीय पर्यटकीय स्थलमा विकास गरिने छ ।

११. पुरानो बटौली बजारलाई आधुनिक सुविधा र प्राचीन स्वरूपको ऐतिहासिक सहरमा पुनरुत्थान तथा विकसित गरिने छ । जितगढी र नुवाकोट गढीको उत्खनन, संरक्षण र विकास गरी आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गरिने छ ।

१२. बुटवलको अमरपथ, पुल्चोक, गोलपार्क, ट्राफिक चोकलगायत चिडियाखोलादेखि पुष्पलाल पार्कसम्मको क्षेत्रलाई भूमिगत पार्किङ, व्यवस्थित ढल निकास, उच्च गुणस्तरका हरियाली सडक तथा पेटी, विद्युत र टेलिफोनको भूमिगत प्रसारण र बहुतले व्यापारिक भवनसहितको सफा र आधुनिक सहरमा विकास गरिने छ । बुटवल– ९ स्थित बस टर्मिनललगायतका सार्वजनिक स्थानमा भूमिगत पार्किङसहितको बहुउद्देश्यीय भवन निर्माण गरिने छ । कालिका पथलगायत यस क्षेत्रमा आकर्षक सडक बत्तीसहित रात्रिकालीन बजार सञ्चालनमा ल्याइने छ ।

१३. बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, लुम्बिनीलगायत रूपन्देहीका मुख्य बजार क्षेत्र र राजमार्गमा आधुनिक ट्राफिक लाइट जडान गरिने छ । यातायातका साधनहरूमा जि.पि.एस. प्रणाली जडान गरिने छ ।

१४. बुटवलको बसपार्कलाई आधुनिक सिटी बसपार्कमा स्तरोन्नति गरिने छ । बुटवल उपमहानगरपालिकाअन्तर्गत उपयुक्त स्थानमा जग्गा पहिचान गरी क्षेत्रीय स्तरको आधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण गरिने छ । तिलोत्तमा र सैनमैनामा आधुनिक बसपार्क निर्माण गरिने छ ।

१५. सिँचाइ, जलविद्युत्, पर्यटन, खानेपानीका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रस्ताव पूरा गरी निर्माण कार्य अघि बढाइने छ ।

ख. शिक्षा

१. तिलोत्तमा नगरपालिकामा प्रस्तावित सरकारी स्वामित्वको मेडिकल कलेजका लागि अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार निर्माण गरी स्वास्थ्य विज्ञानका सबै प्रमुख विषयमा स्नातक, स्नातकोत्तर एवं विद्यावारिधि तहका कक्षा सञ्चालन गरिने छ । यस कलेजमा सुविधा सम्पन्न विशिष्टीकृत अस्पताल सञ्चालन गरिने छ ।

२. तामनगर स्थित कोरिया नेपाल बहुप्राविधिक शिक्षालय (केएनपिआई) लाई मुलुककै उत्कृष्ट प्राविधिक एवं व्यावसायिक शिक्षा प्रदान गर्ने नमुना शिक्षालयमा विकास गरिने छ । यस शिक्षालयबाट वार्षिक रूपमा रोजगारी र स्वरोजगारीमा संलग्न हुन सक्ने हजारौँ विद्यार्थी उत्पादन गरिने छ । यस क्षेत्रका विद्यार्थीहरूलाई अवस्थाअनुसार निःशुल्क तथा सहुलियत दरमा पढ्न पाउने व्यवस्था गरिने छ ।

३. बुटवल टेक्निकल इन्स्टिच्युट (बिटिआई) मा हाल सञ्चालित प्राविधिक एवम् व्यावसायिक कक्षाको विषय एवं दायरा विस्तार गर्नुका साथै यस इन्स्टिच्युटलाई इन्जिनियरिङ कलेजमा स्तरोन्नति गरिने छ ।

४. देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि केन्द्रीय क्याम्पस, प्रशासनिक भवन र अन्य संरचना निर्माण गरिने छ । यसलाई बहुविषयक विश्वविद्यालयमा विकसित गरी पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याइने छ । नयाँगाउँ स्थित बुटवल सिटी कलेजको पूर्वाधार निर्माण सम्पन्न गरी लुम्बिनी बौद्ध विश्वविद्यालयको उत्कृष्ट आङ्गिक क्याम्पसमा स्तरोन्नति गरिने छ ।

५. बुटवल बहुमुखी क्याम्पसको गुरुयोजना तयार पारी तदनुरूपको पूर्वाधार निर्माण गरिने छ र शैक्षिक गुणस्तरमा सुधार ल्याइने छ ।

६. आवश्यक पूर्वाधारसहित लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयमा स्तरोन्नति गरी विज्ञान प्रविधि सङ्काय थप गरिने छ ।

७. विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई निःशुल्क रूपमा विद्यालय शिक्षा प्रदान गरिने छ । साथै भर्ना अभियान प्रभावकारी रूपमा सञ्चालन गरिने छ र बिचमा पढाइ छाड्ने प्रवृत्तिलाई न्यूनीकरण गरिने छ ।

८. यस निर्वाचन क्षेत्रअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा आवश्यकताअनुरूप सुविधासम्पन्न कक्षा कोठा, पुस्तकालय, लैङ्गिकमैत्री शौचालय, अपाङ्गमैत्री संरचना, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, प्रारम्भिक बालविकास केन्द्र, खेलमैदानसहितका संरचनाहरू निर्माण गरिने छन् ।

९. सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय सुधार कार्ययोजना तयार पारी कार्यान्वयन गरिने छ ।

१०. अध्ययनका लागि विदेश जाने र ठुलो मात्रामा देशको सम्पत्ति विदेशिने अवस्था रोक्न र यस क्षेत्रलाई गुणस्तरीय शैक्षिक केन्द्रमा विकास गर्न संस्थागत विद्यालय तथा क्याम्पसहरूले खेलेको भूमिका र योगदानलाई सम्मान गरिने छ । गुणस्तरीय शिक्षाका लागि प्रोत्साहन, सहजीकरण र संरक्षण गरिने छ ।

११. माध्यमिक तहका सामुदायिक एवम् संस्थागत विद्यालयहरूले कम्तीमा एउटा विषयमा प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्न पाउने व्यवस्था गरिने छ ।

१२. यस क्षेत्रमा रहेका सामुदायिक क्याम्पसहरू राममणि क्याम्पस, शंकरनगर बहुमुखी क्याम्पस, पर्रोहा बहुमुखी क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, बुटवल कालिका क्याम्पस र सरस्वती संस्कृत विद्यापीठको पूर्वाधार निर्माणका साथै शैक्षिक गुणस्तरमा सुधार गरिने छ ।

१३. सैनामैनामा कृषि, वन तथा विज्ञान विश्वविद्यालयअन्तर्गत कृषि क्याम्पस स्थापना गरिने छ ।

१४. उल्लिखित योजना तथा कार्यक्रमहरू कार्यान्वयन गरी यस क्षेत्रलाई मुलुककै शैक्षिक हबमा विकास गरिने छ र अन्तर्राष्ट्रिय जगत्बाट समेत विद्यार्थीहरू पढ्न आउने शैक्षिक वातावरण तयार गरिने छ ।

ग. स्वास्थ्य

१. लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना मुताबिक निर्माण कार्य सम्पन्न गरी विशिष्टीकृत स्वास्थ्य सेवासहित सञ्चालनमा ल्याइने छ ।ं

२. सिद्धार्थ बाल तथा महिला अस्पताललाई विशिष्टीकृत बाल तथा प्रसूति अस्पतालका रूपमा विकास तथा विस्तार गरिने छ ।

३. निर्माणको प्रव्रिmयामा रहेको सैनामैना ट्रमा सेन्टरलाई सम्पन्न गरिने छ । तिलोत्तमामा सरकारी स्तरको आधुनिक एवं सुविधा सम्पन्न डायग्नोस्टिक सेन्टर निर्माण गरिने छ ।

४. तिलोत्तमाको आनन्दवन र सैनामैनाको मुर्गियामा निर्माणाधीन आधारभूत अस्पतालको पूर्वाधार निर्माण सम्पन्न गरी सञ्चालन गरिने छ ।

५. यस निर्वाचन क्षेत्रअन्तर्गतका सबै वडाहरूमा आवश्यकताअनुसार दक्ष चिकित्सक, ल्याब र बाल तथा प्रसुति सेवासहितका सहरी स्वास्थ्य केन्द्र र स्वास्थ्य क्लिनिक सञ्चालन गरिने छ ।

६. निर्वाचन क्षेत्रका सम्पूर्ण नागरिकको स्वास्थ्य अवस्थासम्बन्धी विवरण नियमित रूपमा सङ्कलन र अद्यावधिक गरी डिजिटल प्रणालीमा आबद्ध गरिने छ । दीर्घरोगी र जेष्ठ नागरिकहरूको नियमित स्वास्थ्य परीक्षण र उपचारको प्रबन्ध गरिने छ । सबै नागरिकको स्वास्थ्य बिमा गरिने छ । गरिबीको रेखामुनि रहेका सबैको स्वास्थ्य बिमा शुल्क राज्यले बेहोर्ने व्यवस्था मिलाइने छ ।

७. सबै तहका स्वास्थ्य सेवा केन्द्र एवं अस्पतालहरूमा दक्ष चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूको व्यवस्था गरिने छ । आवश्यकताअनुसार थप स्वास्थ्य स्वयम् सेविकाको व्यवस्था गरिने छ र उनीहरूको पारिश्रमिक तथा अन्य सुविधा वृद्धि गरिने छ ।

८. सरकारी स्वास्थ्य संस्था एवं अस्पतालहरूमा अनिवार्य रूपमा गैरनाफामूलक फार्मेसी सञ्चालन गरी गुणस्तरीय औषधी उपलब्ध गराइने छ । अस्पतालमा निःशुल्क वितरण हुने औषधीहरूका बारेमा नागरिक सचेतना अभियान सञ्चालन गरिने छ ।

९. लुम्बिनी आयुर्वेदिक अस्पताललाई सुविधा सम्पन्न प्रादेशिक अस्पतालमा विकास गरिने छ । प्रतिरोधात्मक उपचार पद्धति अवलम्बन गरी नागरिकको स्वास्थ्यमा गुणात्मक सुधार गर्न आयुर्वेद, योग र प्राकृतिक चिकित्सा पद्धतिको विकासमा जोड दिइने छ ।

१०. बुटवलमा फुड तथा ड्रग कस्मेटिक ल्याबको स्थापना र सञ्चालन गरिने छ । औषधीजन्य फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइने छ ।

११. गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका लागि जग्गा व्यवस्थापन, पूर्वाधार निर्माण र गुणस्तरीय सेवाप्रवाहमा सहयोग र सहजीकरण गरिने छ ।

१२. लायन्स क्लबद्वारा सञ्चालित बुटवल– १ स्थित आँखा अस्पतालको स्तरोन्नति गरिने छ । निजी अस्पतालहरूलाई सर्वसुलभ र गुणस्तरीय सेवाप्रवाहका लागि सहयोग र सहजीकरण गरिने छ ।

१२. सैनामैना स्थित योग तथा प्राकृतिक चिकित्सालयमा आधुनिक पूर्वाधार निर्माण गरी योग तथा प्राकृतिक शिक्षाको व्यवस्था गरिने छ ।

१३. एक विद्यालयमा एक स्वास्थ्यकर्मी रहने व्यवस्था मिलाइने छ ।

१४. बिरामीहरुका लागि निःशुल्क रक्तसञ्चार सेवा प्रदान गरिने छ ।

घ. आवास तथा भूमि व्यवस्था

१. हाम्रो पार्टी नेतृत्वको सरकारको समयमा संशोधन गरिएको भूमि ऐनको व्यवस्थाअनुरूप यथाशीघ्र भूमि आयोग गठन गरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिने छ । गाउँ ब्लक, सहरी ब्लक, आकडा, कोदाले, बिटौरी, गुठीलगायतका भूमिसम्बन्धी समस्या समाधान गरिने छ ।

२. गरिबीको रेखामुनिका जनताका लागि गरिब परिचय पत्रका आधारमा जनता आवास, सुरक्षित आवास जस्ता कार्यक्रममार्फत आवासको व्यवस्था मिलाइने छ । जीविकोपार्जनका निम्ति विशेष सहुलियत तथा सहयोगका कार्यक्रम सञ्चालन गरिने छ ।

३. आधुनिक एवं वैज्ञानिक प्रविधिको प्रयोग गरी सबै प्रकारका जग्गा जमिनको बहुउपयोगी नापी गरिने छ । मालपोत एवं नापी कार्यालयबाट सम्पादन हुने कार्यलाई डिजिटल प्रणालीको प्रयोग गरी छरितो, पारदर्शी एवं विश्वसनीय बनाइने छ । भूउपयोग योजनाको आधारमा सहरी विकास तथा अन्य पूर्वाधार निर्माण गरिने छ ।

५. प्रस्तावित तिनाउ–दानव कोरिडोर सडक निर्माण कार्य अघि बढाउनुपूर्व त्यस आयोजनाबाट विस्थापित हुने परिवारलाई बसोबास गरिरहेकै पालिकाभित्र विकसित एवम् सुरक्षित घडेरी उपलब्ध गराई स्थानान्तरण गरिने छ । कोरिडोर सडक प्रभावित परिवारलाई घर तथा संरचनाको क्षतिपूर्ति उपलब्ध गराइने छ ।

६. ज्योतिनगर, लक्ष्मीनगरलगायत बुटवल उपमहानगरपालिकाको वडा नं १, २, ३, ४ र १३ स्थित चुरे क्षेत्रमा पहिरो र बुटवल, सैनामैना तथा तिलोत्तमामा बाढीका कारण विस्थापित हुन पुगेका घरपरिवारलाई आवश्यक क्षतिपूर्तिसहित सम्बन्धित पालिकाभित्र बसोबासको व्यवस्था गरिने छ ।

७. निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा रहेका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले आवास तथा कृषि प्रयोजनका लागि भोगचलन गरिरहेको जग्गा औद्योगिक क्षेत्रको सीमाङ्कनबाट अलग गरी उक्त औद्योगिक क्षेत्रको गुरुयोजना परिमार्जन र कार्यान्वयन गरिने छ ।

८. तिलोत्तमा– ३ मा अवस्थित सुनौलो नगर र सीमा नगरमा सडक, ढल, विद्युत्, खानेपानीलगायतका पूर्वाधार निर्माण गरिने छ ।

ङ उद्योग तथा व्यापार

१. बुटवल स्थित औद्योगिक क्षेत्रलाई आधुनिक पूर्वाधारयुक्त बनाइने छ । उक्त औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूका लागि जग्गाको भाडादर न्यूनतम कायम गरी उद्योग एवं प्रतिष्ठानहरूलाई उत्पादन वृद्धि र रोजगारीका थप अवसर सृजना गर्न प्रोत्साहित गरिने छ । यस औद्योगिक क्षेत्रको क्षेत्रफल विस्तारका लागि पहल गरिने छ ।

२. सबै तहका जनप्रतिनिधि र उद्योगी एवं व्यवसायीहरू बिचको समन्वय र सहकार्यमा बर्दघाटदेखि शिवराजसम्म र त्रिवेणीदेखि कृष्णनगरसम्म उपयुक्त स्थानमा ठुला औद्योगिक क्षेत्रका लागि जग्गा पहिचान र पूर्वाधार निर्माण गरिने छ । ती औद्योगिक क्षेत्रहरूमा ऐतिहासिक एवं पुराताŒिवक महŒवका सम्पदा क्षेत्र र त्यसको नजिकमा पर्ने उद्योगहरूलाई प्राथमिकताका साथ न्यूनतम दरमा जग्गा उपलब्ध गराइने छ । उद्योगहरू स्थानान्तरण भएपश्चात ती क्षेत्रमा पर्यटन तथा सेवा क्षेत्रसँग सम्बन्धित नयाँ उद्योग सञ्चालन गर्न सम्बन्धित उद्योगीहरूलाई विशेष सहयोग गरिने छ ।

३. यस क्षेत्रमा रहेका उद्योगहरूलाई डिमान्ड चार्ज छुट गरी मागअनुसार पर्याप्त मात्रामा विद्युत् उपलव्ध गराइने छ ।

४. सीमा नाकामा हुने भन्सार तथा कर छली नियमन गर्नुका साथै मर्यादित व्यवसायलाई प्रोत्साहित गरिने छ ।

५. उद्योग, व्यवसाय दर्ता, नवीकरण लगायतका कार्य एकद्वार प्रणालीबाट हुने व्यवस्था मिलाइने छ । डिजिटल माध्यमबाट व्यापार, व्यवसाय गर्ने कार्यलाई प्रोत्साहित गरिने छ ।

६. पूर्वाधार विकास तथा उद्योग व्यवसाय स्थापना र सञ्चालनका लागि निजी क्षेत्रलाई आवश्यक पर्ने लगानी उपलब्ध गराउन वित्तीय उपकरण र प्रविधिको प्रयोग गरिने छ ।

७. बुटवल मण्डपमा निर्माणाधीन औद्योगिक एवं व्यावसायिक प्रदर्शनी स्थलको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने छ । बुटवललाई औद्योगिक प्रदर्शनी एवं व्यापारिक मेलाको हबमा विकास गरिने छ ।

८. सैनामैना र तिलोत्तमामा निर्माणाधीन औद्योगिक ग्रामको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने छ ।

९. स्थानीय व्यवसायी एवं उपभोक्ताहरूसँगको सहमति र सहकार्यमा मैनाबगर स्थित अटो भिलेजको पूर्वाधार विकास तथा व्यवसाय प्रवद्र्धन गरिने छ । ग्रिल व्यवसायीहरूका लागि उपयुक्त स्थानमा ग्रिल जोन स्थापना गरिने छ ।

१०. पुँजी बजारको विकास र विस्तारमा विशेष ध्यान दिइने छ । पुँजी बजारका समस्या समाधान गरी लगानी कर्ताको मनोबल उठाइने छ र लगानी कर्ताको लगानी तथा प्रतिफल सुुरक्षित गरिने छ ।

११. खुद्रा, किराना, हाटबजार, फुटपाथ, ठेला लगायतका व्यवसायीहरुका लागि व्यवस्थापन र संरक्षणका साथै व्यवसाय प्रवर्धनमा सहयोग गरिने छ ।

१२. उद्योगी, व्यवसायीका समस्यामा केन्द्रित भएर छलफल गर्न र समाधानका लागि सार्थक एवम् प्रभावकारी पहल गर्न तीनै तहका जनप्रतिनिधि र उद्योगी तथा व्यवसायी सङ्गठनका प्रतिनिधिहरू सम्मिलित साझा संयन्त्र निर्माण गरिने छ ।

च. युवा उद्यमशीलता, श्रम तथा रोजगारी

१. काम गर्ने उमेर समूहका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गरी उनीहरूको क्षमता, सिप र रुचिका आधारमा व्यावसायिक तालिम उपलब्ध गराइने छ । उद्योग तथा व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न चाहनेहरूका लागि सहुलियत ऋण एवं अनुदान उपलब्ध गराइने छ र बजार पहिचान एवं व्यवसाय प्रवद्र्धनमा सहयोग पु¥याइने छ ।

२. वैदेशिक रोजगारीमा जान चाहने युवाहरूलाई उनीहरूको क्षमता र रूचिअनुसार सिप विकास तालिम उपलब्ध गराई मर्यादित एवं उच्च स्तरको रोजगारी प्राप्त गर्ने अवसर सृजना गरिने छ । वैदेशिक रोजगारीमा गएका युवाहरूको तथ्याङ्क राखी सम्बन्धित मुलुकमा उनीहरूलाई पर्ने समस्याको निवारणका लागि सम्बन्धित दूतावासबाट समन्वय गर्ने व्यवस्था मिलाइने छ ।

३. वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको सिप तथा प्रविधिलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिने छ । उनीहरूलाई उत्कृष्ट प्रतिफल दिने जलविद्युत् वा उत्पादनमूलक उद्योग वा पूर्वाधार विकास आयोजनाहरूमा लगानी उपलब्ध गरी आकर्षक एवम् सुरक्षित लाभांश पाउने व्यवस्था गरिने छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सिप परीक्षण गरी प्रमाणीकरण गर्ने र सोका आधारमा सम्बधित रोजगारदाता निकायले रोजगारी दिन सक्ने व्यवस्था मिलाइने छ ।

४. परम्परागत सिप र कलामा आधारित उद्योग तथा व्यावसाय सञ्चालन एवं प्रवद्र्धन गर्न भगत सर्वजीत प्रतिष्ठानद्वारा सिप विकास तथा तालिम केन्द्र सञ्चालन गरिने छ । त्यसरी तालिम प्राप्त व्यक्तिहरूलाई उद्योग एवं व्यवसाय सञ्चालन गर्न बिउ पुँजी तथा सहुलियत ऋण उपलब्ध गराइने छ ।

५. उद्यमी बन्न चाहनेहरूका लागि आवश्यक पर्ने लगानी जुटाउन बंैकिङ क्षेत्रबाट सहुलियत दरमा पुँजी परिचालनको व्यवस्था मिलाइने छ ।

६. श्रमिकको न्यूनतम ज्याला, श्रम अधिकार तथा श्रम मापदण्डको कार्यान्वयन गरिने छ । अनौपचारिक क्षेत्रका र स्वरोजगार श्रमिकहरूलाई समेत योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गरिने छ ।

७. यस क्षेत्रका उद्यमीहरूले उत्पादन गर्ने वस्तुहरूको बजार प्रवद्र्धन गरिने छ । उनीहरूलाई डिजिटल प्रणालीको प्रयोगमार्फत उत्कृष्ट बजार खोजी गर्न सहयोग गरिने छ । सरकारी एवं सार्वजनिक निकायले निश्चित प्रतिशत स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था गरिने छ ।

छ. पर्यटन, कला र संस्कृति

१. लुम्बिनी, तिलौराकोट, रामग्राम, सैनामैना, देवदहलगायतका ऐतिहासिक एवं पुराताŒिवक महŒवका बुद्धकालीन सम्पदा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटन केन्द्रमा विकास गरिने छ । पर्यटनलाई यस क्षेत्रको विकासको मुख्य संवाहकका रूपमा स्थापित गरिने छ ।

२. बटौली बजार (वडा नं. १ र २), जितगढी, मणिमुकुन्द सेनको दरबार, नुवाकोट गढी जस्ता ऐतिहासिक एवं पुराताŒिवक महŒवका सम्पदा क्षेत्रको संरक्षण र विकास गरी पर्यटन प्रवद्र्धन गरिने छ ।

३. पर्रोहा परमेश्वर बोलबम धाम, सिद्धबाबा मन्दिर, शैलपुत्री शक्ति पीठ, मुक्तिनाथ धाम, ब्रह्मकुमारी राजयोग केन्द्र, मोक्षधाम, शृङ्गेश्वरधाम, निलकण्ठ बाबा धाम, गणेश स्थान, नारायण स्थान, शिवालय तथा दुर्गा मन्दिरहरू, अन्तर्राष्ट्रिय बुद्ध परियति विहार, पद्य चैत्य विहार, महाज्ञान बौद्ध विहार, बुटवलको वडा नं. ४, ८, १३ लगायत विभिन्न स्थानमा रहेका विहार तथा गुम्बाहरु, मदिना मस्जिद, रजाए मुस्तफा मस्जिद, चर्चहरू लगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण गरिने छ ।

४. यस निर्वाचन क्षेत्रसँग जोडिएका नुवाकोट, वसन्तपुरलगायतका पहाडी भूभागलाई हिल स्टेसनमा विकास गरिने छ । निजी क्षेत्रद्वारा निर्माणाधीन केवलकार, रिसोर्ट, होटल जस्ता पर्यटन पूर्वाधारको निर्माण एवं सञ्चालनमा सहयोग पु¥याइने छ । ती स्थानहरूमा आवश्यकताअनुसार सडक, खानेपानी, सञ्चार, विद्युत्, सुरक्षा, स्वास्थ्य चौकीलगायतका पूर्वाधारको विकास गरिने छ ।

५. तिनाउ तथा दानव नदीमा जल पर्यटनको विकास गरिने छ । तिनाउ तथा दानव नदी नियन्त्रण गर्दा उपलब्ध हुने सार्वजनिक जग्गामा हरियाली पार्कलगायत पर्यटनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिने छ ।

६. उर्वर भूमि तथा वन क्षेत्रको उपयोग गर्दै कृषि तथा पर्यापर्यटनको विकास गरिने छ । सम्भाव्यताको आधारमा वन क्षेत्रमा सफारी पार्क तथा टे«किङ रुटहरू निर्माण गरिने छन् ।

७. यस क्षेत्रको जातीय, भाषिक, धार्मिक एवम् सांस्कृतिक विविधतालाई पर्यटन प्रवद्र्धनमा सदुपयोग गरिने छ । निर्वाचन क्षेत्रअन्तर्गत बसोबास गर्ने जातीय, भाषिक, सांस्कृतिक एवम् धार्मिक समुदायको विविधता प्रतिबिम्बित हुने गरी बृहत् बहुसांस्कृतिक ग्राम एवं सङ्ग्रहालय स्थापना गरिने छ ।

८. स्थानीय जनतालाई पर्यटक मैत्री बनाउन र पर्यटकहरूलाई उत्कृष्ट आतिथ्य प्रदान गर्न जनचेतना अभियान सञ्चालन गरिने छ । पर्यटन सेवासँग सम्बन्धित उत्कृष्ट जनशक्ति उत्पादन गर्न पर्यटन शिक्षालय स्थापना गरिने छ ।

९. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलसहित यस क्षेत्रका महŒवपूर्ण पर्यटकीय स्थलहरूलाई एकआपसमा आबद्ध गर्न पर्यटक बस सेवा सञ्चालन गरिने छ ।

१०. सैनामैना स्थित लामीरह बाँध र सो बाँधसँग सम्बन्धित अन्य पूर्वाधार निर्माण गरी जल पर्यटन विकास गरिने छ । त्यस आयोजनाबाट उत्पादन हुने अतिरिक्त पानीलाई खानेपानी, सिँचाइ र हरियाली प्रवद्र्धनका लागि सदुपयोग गरिने छ ।

११. चिडियाखोलामा रामापिथेकसको मूर्तिसहितको रक गार्डेन निर्माण गरिने छ । हिलपार्कमा आधुनिक एवम् आकर्षक पूर्वाधार निर्माण गरिने छ । हिलपार्क, वसन्तपुर र नुवाकोटमा रूपन्देही आइको निर्माण गरिने छ । तिलोत्तमा स्थित शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र, सैनामैनाको बोलबम पार्क र समावेशी पार्क, बुटवलको ग्लोबल पिस पार्क, मिलन पार्क, लक्ष्मी उद्यानलगायतका पार्क एवं उद्यानहरूमा आकर्षक एवं बहुउपयोगी पूर्वाधार निर्माण गरिने छ ।

१२. बुटवल स्थित अन्तर्राष्ट्रिय सभा भवन तथा प्रदर्शनी स्थललाई पूर्ण क्षमतामा सञ्चालन गरी आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत उपयोग गरिने छ । तिलोत्तमा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम र सैनामैनामा राष्ट्रिय स्तरको फुटबल स्टेडियमको निर्माण गरी खेल क्षेत्रलाई पर्यटन क्षेत्रको विकासमा सदुपयोग गरिने छ ।

१३. बुटवलको चिडियाखोलादेखि पुष्पलाल पार्कसम्मको बजार क्षेत्र र कालिका पथलगायतका स्थानमा पर्यटन सेवा केन्द्र, यात्रु विश्राम स्थल, सडक पेटी, हरियाली र आकर्षक सडक बत्तीको व्यवस्थासहित रात्रिकालीन बजार सञ्चालन गरिने छ । बेलबास बेथरी सडक, सोह्र छत्तिस तथा चार तपाह नहर र सुख्खा खोलामा व्यवस्थित तटबन्ध, हरियाली तथा सरसफाइ र आकर्षक बत्तीसहित सौन्दर्यीकरण गरिने छ ।

१४. बेलहिया, बुटवल, लुम्बिनी, तिलौराकोट, सैनामैना, देवदह र रामग्राम जोड्ने प्रमुख सडकहरूमा सौन्दर्यीकरणका साथै सडक पेटी, पर्यटक विश्राम स्थल र पर्यटक सेवा केन्द्र स्थापना गरिने छ र पर्यटक मैत्री बनाइने छ ।

१५. शिवनगर सामुदायिक वनदेखि हिलपार्क, लक्ष्मीनगर, ज्योतिनगर, सिद्धबाबा, वसन्तपुर, बुटवल हाइस्कुल, मणिमुकुन्दसेन पार्क, सहश्रधारा, नुवाकोट, मिलन पार्क, पाणिनि पार्क, भैरव पार्क, जबई, शान्तिपार्क, बोलबम हिलपार्क हुँदै सालझण्डीसम्म पर्यटकीय पैदल मार्गको विकास गरिने छ । नुवाकोट, वसन्तपुर क्षेत्रमा जिपलाइन निर्माण तथा सञ्चालन गर्न निजी क्षेत्रलाई सहयोग गरिने छ ।

१६. डीपीआर बनिसकेको सैनामैना सङ्ग्रहालय निर्माण गरिने छ । निर्माणाधीन बोलबम धामको पूर्वाधार निर्माण सम्पन गरिने छ । बुटवल– १३ स्थित पाणिनि पार्कमा परम्परागत सामाग्री सङ्कलन गर्ने सङ्ग्रहालय स्थापना गरिने छ । शंकरनगर सामुदायिक वनमा प्राणी उद्यान स्थापना गरिने छ ।

१७. सडक र बस्तीलाई छाडा चौपाया मुक्त बनाइने छ । फराकिलो, आधुनिक र व्यवस्थित गौशाला निर्माण गरी छाडा गाई तथा चौपायाहरूको संरक्षण तथा व्यवस्थापन गर्ने संस्था तथा समुदायलाई सहयोग गरिने छ । गौशालालाई उत्पादन कार्यसँग जोडिने छ ।

१८. तिनाउ नदीको किनारमा व्यवस्थित र आकर्षक आरती स्थल निर्माण गरी नियमित रूपमा आरती प्रज्ज्वलनको व्यवस्था गरिने छ । सांस्कृतिक सद्भाव अभिवृद्धि तथा छठ संस्कृतिको जगेर्ना गर्न छठ पूजास्थल निर्माण गरिने छ ।

१९. विभिन्न जातीय एवं धार्मिक समुदायका लागि धार्मिक एवं सांस्कृतिक कार्य गर्न आवश्यक जमिन उपलब्ध गराउनुको साथै पूर्वाधार निर्माणमा सहयोग गरिने छ । आआफ्नो संस्कृति एवं परम्पराअनुरूप मृत्यु संस्कार तथा अन्त्येष्टि गर्न आवश्यक व्यवस्था मिलाइने छ ।

२०. बुटवल स्थित सहश्रधारालाई धार्मिक पर्यटकीय स्थलमा विकास गरिने छ ।

२१. सैनामैना स्थित थारू होम स्टेमा थप पूर्वाधार निर्माण र विस्तार गरिने छ ।

ज. कृषि र सिँचाइ

१. आर्थिक एवं सहरी केन्द्रका रूपमा विकसित भइरहेको बुटवलदेखि सिद्धार्थनगर, सैनामैनादेखि देवदह र आसपासका ग्रामीण क्षेत्रका गाउँ र सहर बिचको अन्तरआबद्धता सघन बनाइने छ । ग्रामीण क्षेत्रको गुणस्तरीय एवं प्राङ्गारिक कृषि उपज सहरी केन्द्रलाई उपलब्ध गराउने र सहरी केन्द्रले ती उपजहरूको उपभोग गरी ग्रामीण अर्थतन्त्रमा टेवा पु¥याइने व्यवस्था मिलाइने छ ।

२. यस क्षेत्रको कृषियोग्य भूमिमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराइने छ । सञ्चालनमा रहेका १६÷३६ मौजा, चारतपाहा लगायत सबै सिँचाइ प्रणालीको नियमित मर्मत सम्भार र सञ्चालन गरिने छ ।

३. बुटवल स्थित हाटबजारलाई स्थानीय तह र व्यवसायीहरूसँगको सहकार्यमा बहुउद्देश्यीय बजार केन्द्रमा विकास गरिने छ । पुरानो बसपार्क स्थित कृषि थोक बजार केन्द्रलाई व्यवस्थित गरिने छ । यस क्षेत्रअन्तर्गतका सबै हाटबजारहरूलाई समेटी एकीकृत बजार केन्द्रमा विकास गरिने छ ।

४. कृषि उत्पादन, भण्डारण, बजारीकरणको प्रभावकारिता र कृषकहरूको आम्दानीमा उल्लेख्य वृद्धि गर्न बुटवल र सैनामैनाको सीमाक्षेत्र कर्साघाटमा प्रस्तावित राष्ट्रिय स्तरको कृषि उपज केन्द्रको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने छ ।

५. दुध, माछा, मासु, अन्डा, फलफूल, तरकारी, खाद्यान्न, दलहन, तेलहनलगायतका कृषि तथा पशुपक्षीजन्य उत्पादनका लागि कृषि बिमाको व्यवस्था मिलाइने छ । प्राङ्गारिक मल तथा जैविक विषादी उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गरिने छ । कृषकलाई विषेशषज्ञ सेवाका साथै समयमै रासायनिक मल, बिउ–बिजन तथा यन्त्र उपकरण सुपथ मूल्यमा उपलब्ध गराइने छ ।

झ. सडक, खानेपानी, विद्युत तथा आधारभूत पूर्वाधार

१. संघ, प्रदेश र स्थानीय तह बिचको समन्वय र सहकार्यमा यस क्षेत्रका सबै सडकहरूलाई पाँच वर्षभित्र ढल निकास र नालीसहित कालोपत्रे गरिने छ । नयाँ बन्ने सडकहरू फुटपाथसहित दुई लेनका हुने छन् ।

२. निर्माणाधीन अवस्थामा रहेका तिनाउ – दानव कोरिडोर सडक, सैनामैना चक्रपथ, तिलोत्तमा चक्रपथ, कालिका पथ, बेलबास – बेथरी सडक, मुर्गिया – सूर्यपुरा – लुम्बिनी सडक, बेलबास – नुवाकोट – दोभान सडक, ड्राइभरटोल – शिवपुर र ड्राइभरटोल – पडसरी सडक, मेजर रोड, गोलपार्क – गणेशस्थान – फूलबारी – जितगढी – बँदेलपोखरी – तामनगर सडक, राजमार्ग चौराहदेखि मेडिकल कलेज जोड्ने अभियानपथ र तपाहा लाईन शिवपुर सडक, देवीनगर चौपारी – योगीकुटी शान्तिचोक – पश्चिम पहुनी सडक, रानीबगिया – कचल – रिब्दीकोट सडक, तामनगर – महापुर – पालुङ्ग – बतासे सडक, मुर्गिया –जुठापैवा – बल्डेङ्गगढी सडकलगायतका महŒवपूर्ण सडकहरूको नाली र कालोपत्रेसहित निर्माण र स्तरोन्नति गरिने छ ।

बुटवल बाईपास तथा लिङ्करोडअन्तर्गत धागो कारखाना – योगीकुटी – मगरघाट – बेलभरिया – कर्साघाट सडक, मिलनचोक – देवीनगर – हात्तीसुँढ – नहरपुर – बेलबास सडक, रङ्गशालापथ, चाँदबारी – शिवनगर सडक, नयाँगाउँ – बेलबास सम्पर्क सडक, मैनाबगर – श्रीरामनगर – जितगढी सडक पूर्वाधार निर्माण सम्पन्न गरिने छ । यसअन्तर्गत निर्वाचन क्षेत्रभित्रका अन्य महŒवपूर्ण सडकहरूलाई पनि समावेश गरिने छ । टप मजुवा र बसपार्क जोड्ने तिनाउ नदीमा मोटरेबल पुल निर्माण गरिने छ । निर्वाचन क्षेत्रअन्तर्गतका ठाडा खोला, खोल्सी, नहरहरूमा आवश्यकताअनुसार कल्भर्ट निर्माण गरी बस्तीहरूमा यातायातको सुविधा सहज बनाइने छ ।

३. सहरका आवश्यक स्थानहरूमा प्रतीक्षालय, यात्रु विश्राम स्थलहरू निर्माण गरिने छ । अवस्था हेरी सडक निर्माण गर्दा साइकल लेन तथा अपाङ्गमैत्री संरचना निर्माण गरिने छ । नयाँगाउँ स्थित ट्रान्सर्पाेट भिलेजको पहुँच मार्ग र बाँकी पूर्वाधारहरूको निर्माण सम्पन्न गरिने छ ।

४. निर्वाचन क्षेत्रका सम्पूर्ण घर परिवारलाई शुद्ध एवं पर्याप्त खानेपानी उपलब्ध गराइने छ । निर्माणाधीन झुम्सा खोला खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न गरी पूर्ण क्षमतामा सञ्चालन गरिने छ । बुटवल, तिलोत्तमा र सैनामैनाका बस्तीहरूमा खानेपानी आपूर्ति सुनिश्चित गर्न आवश्यकताको आधारमा सतह वा भूमिगत प्रणालीका थप खानेपानी आयोजनाहरू निर्माण गरिने छन् । विभिन्न स्थानका र ढाँचाका खानेपानी प्रणालीहरूलाई एकीकृत एवं सञ्जालीकरण गरी खानेपानी आपूर्ति सुनिश्चित गरिने छ ।

५. उपभोक्ताहरूको अग्रसरतामा सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनाहरुको सेवा क्षेत्र, क्षमता र गुणस्तर वृद्धिका लागि नियमित रूपमा सहयोग गरिने छ । सफा, स्वच्छ र हराभरा नगर र गाउँको अवधारणा कार्यान्वयन गर्न सबै तहका जनप्रतिनिधि र स्थानीय उपभोक्ताहरूको सहभागितामा सघन सरसफाइ कार्यक्रम कार्यान्वयन गरिने छ ।

६. विद्युत् आपूर्तिलाई गुणस्तरीय भरपर्दाे र नियमित बनाइने छ । सबै सडकहरूमा सडक बत्तीको व्यवस्था गरिने छ । क्रमिक रूपमा विद्युत्, टेलिफोनलगायतका तारहरू भूमिगत गरिने छ । घनाबस्तीका हाइटेन्सन लाइनहरू स्थानान्तरण वा भूमिगत गरिने छ ।

ञ. वन, वातावरण तथा विपद् व्यवस्थापन

१. सामुदायिक वन उपभोक्ता समितिहरूको वन व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि गर्दै वनको संरक्षण, सदुपयोग र विस्तार गर्न गरिने छ । वन पैदावारमा आधारित उद्योग खोल्न र कृषि वनका माध्यमबाट स्वरोजगार बन्न प्रोत्साहन गरिने छ ।

२. जितेश्वरी एवं चारपाला सामुदायिक वन क्षेत्रमा प्रस्तावित रामापिथेकस जुलोजिकल पार्कलाई नमुना पार्कमा विकास गरिने छ ।

३. जनताको तटबन्धलगायतका कार्यक्रमका माध्यमबाट सुखौरा, जितगढी, बौराहा, घमाहा, तुल्बुलिया, इन्गुरियालगायतका खोलाहरूमा तटबन्ध निर्माण गरिने छ ।

४. तिनाउ, दानव नदी र खोलाहरूको स्वच्छता कायम गर्नका लागि फोहोरमैला फाल्न निषेध गरिने छ । स्वच्छता र सरसफाइका लागि वैकल्पिक व्यवस्था गरिने छ ।

५. सैनामैना नगरपालिका र शिवनगर सामुदायिक वन क्षेत्रमा निर्माणाधीन फोहोर प्रशोधन केन्द्रहरूको निर्माण कार्य सम्पन्न गरी व्यावसायिक रूपमा सञ्चालनमा ल्याइने छ ।

६. निर्वाचन क्षेत्रअन्तर्गतका सबै सडक किनारामा हरियाली प्रवद्र्धन गर्न वृक्षरोपण र संरक्षण गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गरिने छ ।

७. सबै प्रकारका विपद्जन्य जोखिमहरूको नक्साङ्कन गरी विपद्का दृष्टिले संवेदनशील क्षेत्रहरूको संरक्षण गरिने छ । लक्ष्मीनगर, ज्योतिनगरलगायत चुरे क्षेत्रको पहिरो नियन्त्रण र बस्ती संरक्षणका लागि खहरेखोला नियन्त्रण जस्ता तत्काल गर्नुपर्ने कामहरू गर्दै दीर्घकालीन रूपमा समस्या समाधान गर्न अन्तर्राष्ट्रिय विज्ञहरूको अध्ययन एवं सिफारिसका आधारमा योजना तयार पारी कार्यान्वयन गरिने छ ।

८. विपद् जोखिम न्यूनीकरण गर्न इमर्जेन्सी अपरेसन सेन्टर तथा विपद् व्यवस्थापन प्रशिक्षण केन्द्र स्थापना गरिने छ । उक्त केन्द्रमार्फत प्रदेश, जिल्ला, पालिका एवं वडा तहसम्म विपद् व्यवस्थापन केन्द्र स्थापना र सञ्चालन गरिने छ ।

ट. युवा तथा खेलकुद

१. युवाहरूलाई सिर्जनात्मक सोच, स्वयम्सेवी भावना, देशप्रेम, सामूहिकता र सिप विकास गर्दै राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको संवाहकका रूपमा विकास गरिने छ ।

२. युवाहरूमा उद्यमशीलता विकास गरी स्वरोजगार बनाउन व्यावसायिक तथा सिपमूलक तालिम, इन्टर्नसिप, स्टार्ट अपलगायतका युवा लक्षित कार्यक्रम कार्यान्वयन गरिने छ ।

३. यस क्षेत्रका सिद्धेश्वर मैदान दीपनगर, मानव ज्ञान खेलमैदान रामनगर, प्रगतिनगर खेल मैदान तामनगर, प्रगति मा. वि. खेल मैदान बुटवल– ११, सिद्धार्थ खेल मैदान चपरहट्टी, जनज्योति खेल मैदान डिङ्गरनगर, पहेँली भित्ता खेल मैदान, मिर्मिरे खेलमैदान बँदेल पोखरी, नहरपुर खेल मैदान, सीमानगर खेल मैदान, लुम्बिनी स्पोर्टस् कम्पलेक्स– बुटवल ६, बुटवल बहुमुखी क्याम्पसमा खेल मैदानलगायत आवश्यक खेल पूर्वाधार तथा खेल मैदानहरूको स्तरोन्नति गरिने छ । प्रत्येक वडामा कम्तीमा एक खेल मैदान, एक कबर्ड हल र एक खुला व्यायामशाला निर्माण गरिने छ ।

४. तिलोत्तमा नगरपालिकाको वडा नं ६ मा प्रस्तावित अन्तर्राष्ट्रिय रङ्गशाला तथा सैनामैना नगरपालिकाको वडा नं. ४ मा निर्माणाधीन फुटबल रङ्गशालाहरूको निर्माण सम्पन्न गरी यस क्षेत्रलाई खेलकुदको हबको रूपमा विकास गरिने छ । कर्णेल उजिरसिंह रङ्गशालाको निर्माणलाई पूर्णता दिइने छ ।

५. बुटवलको देवीनगर स्थित फिफा टेक्निकल सेन्टरको स्तरोन्नति गरी खेलकुद एकेडेमीमा विकास गरिने छ । साथै सबै विद्यालयहरूमा खेल शिक्षकको व्यवस्था गरिने छ ।

६. राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा स्वर्ण, रजत तथा कास्यपदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्ने, उनीहरूको खेल क्षमता बढाउने र रोजगारीको व्यवस्था मिलाइने छ । खेलाडीहरूको स्वास्थ्य एवं दुर्घटना बिमा निःशुल्क गरिने छ ।

७. बौद्ध शिक्षा र शान्ति प्रवद्र्धनमा योगदान पुग्ने गरी खेलकुदका गतिविधिहरू सञ्चालन गरिने छन् ।

८. विभिन्न उमेर समूहका नागरिकलाई स्वास्थ्य केन्द्रित गतिविधिहरू सञ्चालन गर्न मर्निङ वाक, म्युजिक थेरापी, योगा, व्यायाम पार्कहरूको विकास तथा व्यवस्थापन गरिने छ ।

९. साइक्लिङ, बाइक रेस, मोटर स्पोर्टस, वाटर स्पोर्टस, डाउनहिल लगायतका साहसिक खेलहरूको विकास गर्दै आन्तरिक एवं बाह्य पर्यटनमा समेत टेवा पु¥याइने छ ।

१०. युवाहरूमा स्वयम्सेवी भावनाको विकास गरी विपद् व्यवस्थापन लगायतका सामाजिक काममा लाग्न प्रेरित गरिने छ । युवाहरूलाई कुलत एवं दुव्र्यसनमा लाग्नबाट बचाउन विशेष अभियान सञ्चालन गरिने छ । दुव्र्यसन र कुलतमा लागेका युवाहरूलाई पुनस्र्थापना गर्न सामाजिक संघ÷संस्थाहरूसँगको सहकार्यमा पुनस्र्थापना केन्द्रहरू सञ्चालन गरिने छ ।

ठ. महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित एवं उत्पीडित वर्ग र सामाजिक सुरक्षा

१. महिला हिंसा अन्त्य गरिने छ । सिप विकास, उद्यमशीलता, रोजगारी तथा स्वरोजगारी, आर्थिक सबलीकरणद्वारा महिला सशक्तीकरणमा जोड दिइने छ । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगायतका क्षेत्रहरूमा विशेष कार्यक्रम कार्यान्वयन गरिने छ । समान कामको लागि समान ज्याला सुनिश्चित गरिने छ ।

२. बालबालिकाहरूको सर्वाङ्गीण विकासमा जोड दिइने छ । सम्पूर्ण संरचना एवं शासन प्रणाली बालमैत्री बनाउन विशेष अभियान सञ्चालन गरिने छ ।

३. हरेक वडामा कम्तीमा एक बालउद्यान निर्माण गरी सञ्चालन गरिने छ ।

४. ज्येष्ठ नागरिकको हेरचाह, खानपिन, स्वास्थ्य उपचार, मनोरञ्जन र आश्रमको व्यवस्थासहित सुरक्षा र संरक्षण गरिने छ । सुविधा सम्पन्न ज्येष्ठ नागरिक मिलन केन्द्र, केयर होमहरू स्थापना गरी सञ्चालनमा ल्याइने छ ।

५. सैनामैना वडा नं. १ मा निर्माणाधीन ज्येष्ठ नागरिक संरक्षण ग्राम निर्माण गरी सञ्चालनमा ल्याइने छ ।

६. गर्भावस्था, बालबालिका, युवा, वयस्क र वृद्धावस्थालाई समेटी जीवनचक्रमा आधारित सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयन गरिने छ ।

७. अपाङ्गता भएका, एकल महिला, यौनिक अल्पसङ्ख्यक, दलित एवं उत्पीडित वर्गको उत्थानका निम्ति विशेष कार्यक्रम सञ्चालन गरिने छ । सबै जाति, भाषा, धर्म, संस्कृति, समुदायका जनतालाई राज्यका सबै अङ्गमा निष्पक्ष र समान अवसरको ग्यारेन्टी गरिने छ ।

८. विभिन्न कारणले असुरक्षित एवं पुनस्र्थापित गर्र्नुपर्ने महिलाहरूलाई अल्पकालीन समयका लागि सेफ हाउस सञ्चालनमा ल्याइने छ ।

ड. सूचना, प्रविधि र सञ्चार

१. यस क्षेत्रका सबै स्थानमा ब्रोड ब्याण्ड इन्टरनेट सुविधासहित सूचना प्रविधिको प्रयोगको सुनिश्चितता गरिने छ ।

२. सामुदायिक विद्यालय, क्याम्पस, अस्पताल एवं मुख्य सार्वजनिक स्थानहरूमा इन्टरनेट सेवा निःशुल्क उपलव्ध गराइने छ ।

३. सूचना प्रविधिको क्षेत्रमा अध्ययन गरेका युवाहरूलाई लक्षित गरी सूचना प्रविधिमा आधारित आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्युटिङ, भर्चुयल रियालिटी जस्ता उद्योगहरू सञ्चालनका लागि सहुलियतपूर्ण कर्जा लगायतका विशेष प्याकेजहरू ल्याइने छ ।

४. सञ्चार क्षेत्रलाई सम्मानित र मर्यादित बनाउँदै सञ्चारकर्मीहरूको हकहितको संरक्षण गरिने छ । स्वतन्त्र र निष्पक्ष सञ्चार जगत् लोकतन्त्रको आधार स्तम्भ भएकाले त्यसको विकास र विस्तारका लागि आवश्यक सहयोग उपलब्ध गराइने छ ।

५. सञ्चारकर्मीहरूको सम्मानजनक जीवनयापनका लागि आवश्यक पर्ने सेवा, सुविधा र सहुलियत उपलब्ध गराइने छ ।

६. मिडिया हाउसको दिगोपन र कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीहरूका लागि सामाजिक सुरक्षा योजना ल्याउन आवश्यक प्रबन्ध गरिने छ ।

७. सरकारी कार्यालयबाट प्रकाशित गरिने सूचना तथा विज्ञापनहरूलाई पारदर्शी रूपमा समानुपातिक प्रणालीका आधारमा उपलब्ध गराइने व्यवस्था मिलाइने छ ।

८. सामुदायिक सञ्चार गृहहरूको सबलीकरण र दिगोपनका लागि सहयोग गरिने छ ।

ढ. सुशासन र सेवाप्रवाह

१. सुशासन, विकास र समृद्धिको लक्ष्यप्राप्तिका लागि सरकारी कार्यालय र प्रशासनिक तथा प्राविधिक कर्मचारीलाई कर्तव्यपरायण, सक्षम र परिणाममुखी बनाइने छ । प्रशासनिक संयन्त्रलाई भ्रष्टाचार मुक्त बनाइने छ ।

२. सार्वजनिक सेवाप्रवाहलाई विश्वसनीय, पारदर्शी र भरपर्दाे बनाउन सबै सरकारी कार्यालयहरूमा विद्युतीय सुशासन प्रणाली कार्यान्वयन गरिने छ । डिजिटल पूर्वाधार विकास, आम जनतामा डिजिटल शिक्षा र डिजिटल नेपाल फेमवर्कलाई कार्यान्वयन गरिने छ ।

३. विकास प्रव्रिmयामा स्थानीय जनताको सहभागितालाई महŒव दिइने छ । सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र एवं सामुदायिक क्षेत्रको साझेदारी र सहकार्यलाई प्रवद्र्धन गर्न आवश्यक कानुनी, संस्थागत एवं प्रव्रिmयागत व्यवस्था मिलाइने छ ।

४. यस प्रतिबद्धता पत्रमा उल्लिखित नीति, कार्यक्रम तथा योजनाहरू कार्यान्वयन गर्न र आवश्यकताका आधारमा कार्यक्रम एवं योजनाहरू पहिचान गरी एकीकृत र समन्वयात्मक रूपमा कार्यान्वयन गर्न यस क्षेत्रका संघीय, प्रादेशिक तथा स्थानीय तहका जनप्रतिनिधि, सहकारी र निजी क्षेत्रका प्रतिनिधि, विकासविद् तथा योजनाविद्, कानुनविद्, प्राज्ञिक तथा बौद्धिक व्यक्तिहरू र सञ्चारकर्मी सम्मिलित साझा मञ्च निर्माण गरिने छ ।

आदरणीय मतदाता महानुभावहरू,

आजसम्म आइपुग्दा हामीले रूपन्देही जिल्लालाई विकासको अग्रणी जिल्लाका रूपमा स्थापित गर्न सफल भएका छौं । यो जिल्ला शान्त, सुरक्षित र विकसित हुँदै छ र सबैका लागि आकर्षणको थलो बन्दै छ । व्यक्तित्व निर्माण, पूर्वाधार निर्माण, पुँजी निर्माण र राष्ट्रनिर्माणमा योगदान दिन चाहनेहरूका लागि आकर्षक गन्तव्य बन्दै गइरहेको छ । हामीले नेकपा (एमाले) को केन्द्रीय घोषणा पत्रका साथै यस प्रतिबद्धता पत्रको कार्यान्वयन गरेर विकास, समृद्धि, सामाजिक न्यायतर्फ गहकिलो पाइला चाल्न चाहेका छौँ साथै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा साकार तुल्याउन चाहेका छौँ । रूपन्देही जिल्लालाई भौतिक एवं मानवीय विकासका दृष्टिले उदाहरणीय र अग्रणी बनाउन चाहेका छौँ । विकासको नमुना अर्थात् रोल मोडल बनाउन चाहेका छौँ ।

यस निर्वाचन क्षेत्रका नेकपा (एमाले) का उम्मेदवारहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको पनि समर्थन रहेको छ । त्यसै गरी हामी यस क्षेत्रका सम्पूर्ण मतदाता महानुभावहरू समक्ष रूपन्देही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विष्णुप्रसाद पौडेल, निर्वाचन क्षेत्र नं. २ (१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार लीला गिरी र निर्वाचन क्षेत्र नं. २ (२) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भोजप्रसाद श्रेष्ठलाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक बहुमतले विजयी बनाउनुहुन हार्दिक अनुरोध गर्दछौँ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)
निर्वाचन क्षेत्र नं. २, रूपन्देही

मिति : २०७९ कार्तिक १९

ghosanapatra rupandehi 2 final