म विष्णुप्रसाद पौडेल ,नेकपा एमालेको उपाध्यक्ष । रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट २०७४ मा निर्वाचित प्रतिनिधिसभा सदस्यमा निर्वाचित । पार्टी, सरकार र संसद्मा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएको छु । म परिणाममुखी काममा विश्वास गर्छु ।
साढे चार दशक लामो राजनीतिक यात्राका दौरान पार्टी, सरकार र संसद्का अनेक महत्वपूर्ण जिम्मेवारीहरु सम्हालेको छु ।
विष्णुप्रसाद पौडेलको
वर्तमान जिम्मेवारी
उपप्रधानमन्त्री तथा अर्थमन्त्री
बि. सं २०८१ असार ३२ देखि उपप्रधान तथा अर्थमन्त्री
उपाध्यक्ष, नेकपा (एमाले)
२०७८ मङ्सिर १०–१४ मा चितवनमा सम्पन्न को दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ।
सदस्य, प्रतिनिधिसभा, संघीय संसद
२०७९ मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा रुपन्देही, निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित ।
सरकारमा सहभागिता
उपप्रधानमन्त्री तथा अर्थमन्त्री
२०७९ पुष ११ देखि फागुन १५ सम्म / २०७८ जेठ १ देखि २०७८ असार २९ सम्म ।
अर्थमन्त्री
२०७७ असोज २८ देखि २०७८ बैशाख ३१ सम्म / २०७२ कात्तिक १९ देखि २०७३ साउन १९ सम्म ।
रक्षामन्त्री
२०६७ चैत ३ देखि २०६८ भदौ ११ सम्म ।
जलस्रोत मन्त्री
२०६५ भदौ ६ देखि २०६६ जेठ ७ सम्म ।
युवा, खेलकुद तथा संस्कृति मन्त्री
२०५३ चैत १२ देखी २०५४ असोज १० सम्म ।
जनप्रतिनिधिको भूमिका
प्रतिनिधिसभा सदस्य
२०७९ मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा रुपन्देही, निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित ।
प्रतिनिधिसभा सदस्य
२०७४ मङ्सिर २१ मा सम्पन्न निर्वाचनमा रुपन्देही, निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित ।
संविधानसभा सदस्य
२०७० मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा रुपन्देही, निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित ।
संविधानसभा सदस्य
२०६४ चैत २८ मा सम्पन्न निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित ।
प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार
२०५६ जेठ ४ मा सम्पन्न निर्वाचनमा रुपन्देही, निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार ।
प्रतिनिधिसभा सदस्य
२०५१ कात्तिक २९ मा सम्पन्न निर्वाचनमा पाल्पा, निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित ।
सभापतिः अभिलेख अध्ययन तथा निक्र्यौल समिति
२०७० मङ्सिर ४ मा निर्वाचित संविधानसभाद्वारा पहिलो संविधानसभाका कामहरुको अध्ययन तथा निक्र्यौल गरी निर्धारित समयमै प्रतिवेदन प्रस्तुत गरेको ।
महत्वपूर्ण राजनीतिक जिम्मेवारी
उपाध्यक्ष, नेकपा (एमाले)
२०७८ मङ्सिर १०–१४ मा चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ।
उपमहासचिव, केन्द्रीय कमिटी, नेकपा (एमाले)
सर्वोच्च अदातलको फैसलाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पूर्ववतः अवस्थामा फर्किएपछि विसं २०७७ फागुन २३ देखि २०७८ मङ्सिर १४ सम्म ।
महासचिव, केन्द्रीय कमिटी नेकपा (एमाले)
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरण पश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीद्वारा निर्वाचित । २०७५ जेठ ३ देखि २०७७ फागुन २३ सम्म ।
उपमहासचिव, केन्द्रीय कमिटी नेकपा (एमाले)
२०७१ असार २५ देखि साउन १ मा काठमाडाँैमा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ।
सचिव, केन्द्रीय कमिटी (नेकपा एमाले)
२०६५ फागुन ५–१४ मा बुटवलमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ।
वैकल्पिक सदस्य, स्थायी कमिटी, नेकपा (एमाले)
२०५९ माघ १८–२२ मा जनकपुरमा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित । केन्द्रीय कमिटीको प्रथम बैठकबाट स्थायी कमिटीको वैकल्पिक सदस्यमा निर्वाचित ।
सदस्य, केन्द्रीय कमिटी (नेकपा एमाले)
२०५४ माघ १२–१८ मा नेपालगञ्जमा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ।
सदस्य, केन्द्रीय कमिटी (नेकपा एमाले)
२०४९ माघ १४–२० मा काठमाडाँैमा सम्पन्न पाचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ।
सदस्य, केन्द्रीय कमिटी (नेकपा एमाले)
२०४७ माघमा केन्द्रीय कमिटीद्वारा मनोनित ।
सदस्य, राष्ट्रिय परिषद (नेकपा एमाले)
नेकपा (माले) र नेकपा (माक्र्सवादी)को एकीकरणबाट नेकपा (एमाले) गठन भएसँगै २०४७ पुस २२ मा केन्द्रीय कमिटीद्वारा मनोनित ।
प्रतिनिधि, चौथो राष्ट्रिय महाधिवेशन (नेकपा माले)
२०४६ भदौ ९–१४ मा सिराहमा भूमिगत रुपमा आयोजना गरिएको चौथो राष्ट्रिय महाधिवेशनमा नवलपरासी जिल्लाको प्रतिनिधिको हैसियतमा सहभागी ।
सदस्य, पश्चिम–दक्षिण क्षेत्रीय कमिटी (लुम्बिनी अञ्चल कार्यक्षेत्र) नेकपा (एमाले)
२०४६ असोजमा पाल्पाको मदनपोखरामा आयोजना गरिएको र महासचिव कमरेड मदन भण्डारी प्रमुख अतिथि रहनुभएको अधिवेशनबाट निर्वाचित ।
राजनीतिक यात्राको आरम्भ र विकासक्रम
आन्दोलनमा भूमिका