विष्णुप्रसाद पौडेल
परिचय

म विष्णुप्रसाद पौडेल ,नेकपा (एमाले) को उपाध्यक्ष । रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट २०७४ मा निर्वाचित प्रतिनिधिसभा सदस्यमा निर्वाचित । पार्टी, सरकार र संसद्मा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएको छु । म परिणाममुखी काममा विश्वास गर्छु ।

साढे चार दशक लामो राजनीतिक यात्राका दौरान पार्टी, सरकार र संसद्का अनेक महत्वपूर्ण जिम्मेवारीहरु सम्हालेको छु । राजकीय जिम्मेवारीका हकमा पछिल्लो पटक अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा गठित सरकारमा २०७८ जेठ १ देखि २०७८ असार २९ सम्म उप्रधानमन्त्री तथा अर्थमन्त्रीको रुपमा कार्य गरे । त्यसअघि २०७७ असोज २८ देखि २०७८ बैशाख ३१ सम्म अर्थमन्त्रीका रुपमा जिम्मेवारी निर्वाह गरे । केपी शर्मा ओलीकै प्रधानमन्त्रीत्वमा २०७२ कात्तिक १९ देखि २०७३ साउन १९ सम्म पनि अर्थमन्त्री रुपमा कार्य गरे । दुबै पटक अर्थमन्त्री हुँदा नेपाली अर्थतन्त्र र आर्थिक विकासलाई नयाँ मोड दिने गरी बजेट प्रस्तुत गर्दा पार्टीभित्रबाट मात्र होइन, पार्टी बाहिरबाट पनि प्रशंसा र धन्यवादका पात्र बनेको छु । २०७३ मा प्रस्तुत गर्नुभएको बजेटको लोकप्रियताले नेकपा (एमाले)लाई २०७४ को स्थानीय निर्वाचन र प्रदेश तथा संघको निर्वाचनमा लोकप्रिय शक्ति बन्नमा निर्णायक भूमिका निर्वाह गरेको थियो ।

मैले २०६७ चैत्र ३ देखि २०६८ भदौ ११ सम्म रक्षामन्त्री, २०६५ भदौ ६ देखि २०६६ जेठ ७ सम्म जलस्रोतमन्त्री र २०५३ चैत्र १२ देखि २०५४ असोज १० सम्म युवा, खेलकुद तथा संस्कृतिमन्त्रीका रुपमा राजकीय जिम्मेवारी पूरा गरेको छु ।

रुपन्देही क्षेत्र नम्बर ४ मा २०७० मंसिर ४ ¬गते सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई फराकिलो मतान्तरले पराजित गर्दैसंविधानसभा सदस्य निर्वाचित भएको थिए । पहिलो संविधानसभाले गरेका कामहरुलाई पहिचान गरी संविधान निर्माणमा गति दिन २०७० चैत्र १४ देखि २०७२ असोज ३ सम्म संविधानसभाको संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिको सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको छु । त्यही समितिले गरेको काममाथि आधारित भएर संविधान निर्माणको बाँकी कामले गति लिएको थियो । उक्त समितिले निर्धारित समयावधिभित्र सर्वसम्मत्तिका साथ विषयहरुको निक्र्यौल गर्दा संविधान निर्माणले सहजता प्राप्त गरेको थियो ।

२०६४ चैत्र २८ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा रुपन्देही, क्षेत्र नं. ४ बाट संविधानसभा सदस्य निर्वाचित भै हालसम्म लडेका चुनावहरुमध्ये एकपटक मात्र २०५६ जेठ ४ मा सम्पन्न निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट करिब ६ सय मतको झिनो अन्तरले पराजित भए । त्यसअघि २०५१ कात्तिक २९ गते सम्पन्न मध्यावधि निर्वाचनमा पाल्पा क्षेत्र नम्बर १ बाट पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको थिए ।

नेकपा (एमाले) धाराका विकास र विस्तारमा सुरुदेखि नै संलग्न हुदै २०७८ मङ्सिर १० देखि १४ मा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको उपाध्यक्षमा निर्वाचित भएको छु ।

२०७५ जेठ ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को एकताबाट गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महासचिवको जिम्मेवारी बहन गर्नुका साथै २०७१ असार २५ देखि साउन १ मा काठमाडौँमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको उपमहासचिवमा निर्वाचित भएको थिए । त्यसअघि २०६५ फागुन ५ देखि १४ मा बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशबाट पार्टीको केन्द्रीय कमिटीको सचिवमा निर्वाचित भएको थिए ।

२०५९ माघ १८ देखि २२ मा जनकपुरमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भै केन्द्रीय कमिटीको प्रथम बैठकबाट स्थायी कमिटीको वैकल्पिक सदस्यमा निर्वाचित भएको थिए ।

२०५४ माघ १२ देखि १८ मा नेपालगञ्जमा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको सदस्यमा निर्वाचित ,२०४९ माघ १४ देखि २० मा काठमाडाँैमा सम्पन्न पाचौँ राष्ट्रिय महाधिवेशनबाट पनि केन्द्रीय कमिटीको सदस्यमा निर्वाचित र २०४७ पुस २२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले), केन्द्रीय कमिटीको सदस्यमा मनोनित भएको थिए ।

२०४६ भदौ ९ देखि १४ मा सिराहामा भूमिगत रुपमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (माले) को चौथो महाधिवेशनको प्रतिनिधिका रुपमा सहभागी भएको थिए ।
पञ्चायतविरोधी संघर्ष र पार्टी निर्माणमा रहदा त्यसक्रममा २०३७ असार १२ मा नेपाल कम्युनिष्ट पार्टी (माले)का दस्तावेजहरु सहित रुपन्देही जिल्लाको गौतमवुद्ध विमानस्थल नजिकबाट गिरफ्तार भएर राजकाज मुद्धामा ३ बर्ष कारागार र रु. ३००० जरिवानाको सजायसहित मलाई भैरहवा कारागार चलान गरिएको थियो । जेलमा पनि निस्क्रिय नबसी ४५ दिनको लगातारको मेहनत र तयारी पछि २०३७ भदौ १ गते विहान ४.३० बजे भैरहवा जेल बिद्रोह गरी सुरक्षित रुपमा जनताका बीचमा पुग्न सफल भएको थिए । कम्युनिस्ट पार्टी विस्तार र पञ्चायतविरोधी आन्दोलनको मनोबल बढाउन भैरहवा जेल ब्रेकले ऐतिहासिक भूमिका निर्वाह गरेको थियो ।

२०३५–२०३६ मा रुपन्देही जिल्लामा सञ्चालित निरंकुश पंचायती व्यवस्था विरोधी जनआन्दोलनमा सक्रिय रहदै २०४६–२०४७ मा नवलपरासी जिल्लामा सञ्चालित निरंकुश पंचायती व्यवस्था विरोधी जनआन्दोलनमा नेतृत्वदायी भूमिकामा निर्वाह गरे भने २०६२–२०६३ मा लुम्बिनी अञ्चलमा राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सञ्चालित जनआन्दोलनमा नेतृत्वदायी भूमिकामा निर्वाह गरे ।

विक्रम सम्बत् २०१६ मंसिर १६ (१९५९ डिसेम्बर १) मा हालको पुतलीबजार नगरपालिका वडा नं. १०, स्याङ्जामा मेरो जन्म भएको हो ।मैले १८ बर्षको उमेरबाटै सक्रिय राजनीति आरम्भ गरे । २०३४ मा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी (माक्र्सवादी–लेनिनवादी) सँग सम्र्पकमा पुगी २०३५ असोज ७ मा उक्त संगठनको सदस्यता प्राप्त गरे । २०३५ माघ ३ देखि रुपन्देही जिल्ला अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माले)को इलाका कमिटी सदस्यका रुपमा र २०३७ असोजमा मालेको रुपन्देही जिल्ला कमिटीको सदस्य र २०३७ मङ्सिरदेखि २०४० कात्तिकसम्म पाल्पा जिल्ला कमिटी सदस्यका रुपमा क्रियाशील रहे । २०४० मंसीरदेखि २०४७ मंसीरसम्म फरक–फरक समयमा अर्घाखाची, गुल्मी र नवलपरासीको सचिव र पश्चिम दक्षिण क्षेत्रीय कमिटी (साविक लुम्बिनी अञ्चल) को सदस्यको जिम्मेवारीमा सम्हाल्ने अबसर प्राप्त भयो ।

भूमिगत कालमा पार्टीको गोपनीयता बचाउन र पञ्चायती दमनबाट बँच्नका लागि विष्णु पौडेल नाम परिवर्तन गर्दे कैलाश, पवन, जयन्त, कपिल, उमेश, दिव्य, ध्रुव आदि भूमिगत नामको प्रयोग गरी काम गरेको थिए ।

२०४७ पुसमा नेपाल कम्युनिष्ट पार्टी (माले) तथा नेपाल कम्युनिष्ट (माक्र्सवादी)को एकीकरण भए लगत्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय परिषद सदस्य र केन्द्रीय कमिटी सदस्यमा मनोनीत भए । ०४७ माघ देखि २०४९ माघसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाकाली अञ्चल इन्चार्ज र २०४९ देखि २०७३ सम्म विभिन्न समयमा करिब १० बर्ष लुम्बिनी अञ्चल इञ्चार्ज को रुपमा कार्य गरे ।

२०५१ माघ २७ देखि विभिन्न समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय संगठन विभागको सदस्य, सचिव र ६ कार्यकाल प्रमुखको जिम्मेवारी बहन गर्नुभएका साथै ०५३ मा पार्टीको उद्योग व्यवसाय विभागको प्रमुख, २०५५ असार २७ मा स्थानीय निकाय विभागको प्रमुख र २०६६ असार ५ मा संसदीय विभागको प्रमुखको जिम्मेवारी पनि सम्हालेको छु । २०५६ मा पार्टीको केन्द्रीय कार्यालय सचिव को जिम्मेबारी सम्हाले ।

२०६१ साउन १५ र २०६९ असार ८ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय सचिवको र विभिन्न समयमा केन्द्रीय सचिवालय सदस्यका रुपमा काम गरेको छु । २०६६ असार ५ देखि पश्चिमाञ्चल विकास क्षेत्रमा पार्टी कामको अनुगमनको जिम्मेवारीमा रहदै २०७३ असोज ११ देखि प्रदेश नंं. ५ को संगठन कमिटीको संयोजक बनेको थिए ।

व्यक्तिगत, राजकीय, पार्टी र संसदीय कामका सिलसिलामा ६८ जिल्लाको भ्रमण गरेको छु । भने विभिन्न अवसरहरुमा विदेश भ्रमण पनि गरेको छु ।

सन् १९९४ मा प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डलको सदस्यको हैसियतले चीन भ्रमणमा संलग्न हुनुका साथै १९९५ मा संयुक्त राष्ट्रसंघको पचासौं साधारणसभामा नेपाली प्रतिनिधिमण्डलको सदस्यको हैसियतले सहभागी भएको छु ।सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डलको सदस्यको हैसियतले भारत र चीनको भ्रमण र मन्त्रीका हैसियतले विभिन्न कार्यक्रममा नेतृत्व गर्दै बेलायत, केन्या, जर्मनी, श्रीलंका, जापान, अष्टे«लिया, थाइल्यान्ड, टर्कीलगायतका मुलुकहरुको भ्रमण गरेको छु ।

विष्णुप्रसाद पौडेलको

जीवन यात्रा

राजकीय जिम्मेवारी

२०७८ जेठ १ देखि २०७८ असार २९ सम्म उप्रधानमन्त्री तथा अर्थमन्त्री

राजकीय जिम्मेवारी

२०७७ असोज २८ देखि २०७८ बैशाख ३१ सम्म अर्थमन्त्री

राजकीय जिम्मेवारी

२०७२ कात्तिक १९ देखि २०७३ साउन १९ सम्म पनि उहाँ अर्थमन्त्री

राजकीय जिम्मेवारी

२०६७ चैत्र ३ देखि २०६८ भदौ ११ सम्म रक्षामन्त्री

राजकीय जिम्मेवारी

२०६५ भदौ ६ देखि २०६६ जेठ ७ सम्म जलस्रोतमन्त्री

राजकीय जिम्मेवारी

२०५३ चैत्र १२ देखि २०५४ असोज १० सम्म युवा, खेलकुद तथा संस्कृतिमन्त्री

राजनीतिक जिम्मेवारी

२०५१ कात्तिक २९ गते सम्पन्न मध्यावधि निर्वाचनमा उहाँ पाल्पा क्षेत्र नम्बर ३ बाट पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित

राजनीतिक जिम्मेवारी

२०६४ चैत्र २८ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा रुपन्देही, क्षेत्र नं. ४ बाट संविधानसभा सदस्य निर्वाचित

राजनीतिक जिम्मेवारी

२०७० चैत्र १४ देखि २०७२ असोज ३ सम्म संविधानसभाको संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिको सभापतिको जिम्मेवारी

राजनीतिक जिम्मेवारी

२०७८ मङ्सिर १० देखि १४ मा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको उपाध्यक्षमा निर्वाचित

राजनीतिक जिम्मेवारी

२०७५ जेठ ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को एकताबाट गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महासचिवको जिम्मेवारी

राजनीतिक जिम्मेवारी

२०७१ असार २५ देखि साउन १ मा काठमाडौँमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको उपमहासचिवमा निर्वाचित

राजनीतिक जिम्मेवारी

२०६५ फागुन ५ देखि १४ मा बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशबाट पार्टीको केन्द्रीय कमिटीको सचिवमा निर्वाचित

राजनीतिक जिम्मेवारी

२०५९ माघ १८ देखि २२ मा जनकपुरमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभएका पौडेल केन्द्रीय कमिटीको प्रथम बैठकबाट स्थायी कमिटीको वैकल्पिक सदस्यमा निर्वाचित

राजनीतिक जिम्मेवारी

२०५४ माघ १२ देखि १८ मा नेपालगञ्जमा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको सदस्यमा निर्वाचित

राजनीतिक जिम्मेवारी

२०४९ माघ १४ देखि २० मा काठमाडाँैमा सम्पन्न पाचौँ राष्ट्रिय महाधिवेशनबाट पनि केन्द्रीय कमिटीको सदस्यमा निर्वाचित

राजनीतिक जिम्मेवारी

२०४७ पुस २२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले), केन्द्रीय कमिटीको सदस्यमा मनोनित हुनुभएको

राजनीतिक जिम्मेवारी

२०४६ भदौ ९ देखि १४ मा सिराहामा भूमिगत रुपमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (माले) को चौथो महाधिवेशनको प्रतिनिधिका रुपमा सहभागी

राजनीतिक जिम्मेवारी

२०३७ असार १२ मा नेपाल कम्युनिष्ट पार्टी (माले)का दस्तावेजहरु सहित रुपन्देही जिल्लाको गौतमवुद्ध विमानस्थल नजिकबाट गिरफ्तार भएर राजकाज मुद्धामा ३ बर्ष कारागार र रु. ३००० जरिवानाको सजायसहित उहाँलाई भैरहवा कारागार चलान गरिएको थियो । जेलमा पनि निस्क्रिय नबसी उहाँ ४५ दिनको लगातारको मेहनत र तयारी पछि २०३७ भदौ १ गते विहान ४.३० बजे भैरहवा जेल बिद्रोह गरी सुरक्षित रुपमा जनताका बीचमा पुग्न सफल

राजनीतिक जिम्मेवारी

२०३५–२०३६ मा रुपन्देही जिल्लामा सञ्चालित निरंकुश पंचायती व्यवस्था विरोधी जनआन्दोलनमा सक्रिय , २०४६–२०४७ मा नवलपरासी जिल्लामा सञ्चालित निरंकुश पंचायती व्यवस्था विरोधी जनआन्दोलनमा नेतृत्वदायी भूमिकामा , २०६२–२०६३ मा लुम्बिनी अञ्चलमा राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सञ्चालित जनआन्दोलनमा नेतृत्वदायी भूमिकामा

राजनीतिक जिम्मेवारी

२०४७ पुसमा नेपाल कम्युनिष्ट पार्टी (माले) तथा नेपाल कम्युनिष्ट (माक्र्सवादी)को एकीकरण भए लगत्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय परिषद सदस्य र केन्द्रीय कमिटी सदस्यमा मनोनीत , २०४७ माघ देखि २०४९ माघसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाकाली अञ्चल इन्चार्ज र २०४९ देखि २०७३ सम्म विभिन्न समयमा करिब १० बर्ष लुम्बिनी अञ्चल इञ्चार्जको जिम्मेवारी

राजनीतिक जिम्मेवारी

२०५१ माघ २७ देखि विभिन्न समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय संगठन विभागको सदस्य, सचिव र प्रमुखको जिम्मेवारी बहन , २०५३ मा पार्टीको उद्योग व्यवसाय विभागको प्रमुख, २०५५ असार २७ मा स्थानीय निकाय विभागको प्रमुख र २०६६ असार ५ मा संसदीय विभागको प्रमुखको जिम्मेवारी , २०५६ मा पार्टीको केन्द्रीय कार्यालय सचिव

राजनीतिक जिम्मेवारी

२०६१ साउन १५ र २०६९ असार ८ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय सचिवको जिम्मेवारी , २०६६ असार ५ देखि पश्चिमाञ्चल विकास क्षेत्रमा पार्टी कामको अनुगमनको जिम्मेवारीमा , २०७३ असोज ११ देखि प्रदेश नंं. ५ को संगठन कमिटीको संयोजक