... ...
परिचय

म विष्णुप्रसाद पौडेल । हाल नेकपा (एमाले) को उपाध्यक्ष । रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित । पार्टी, सरकार र संसद्माको मोर्चामा महत्वपूर्ण जिम्मेवारी सम्हालेको छु । म परिणाममुखी काममा विश्वास गर्छु । विकासमा स्वप्नद्रष्टा हुनु पर्छ भन्ने मेरो मान्यता रहेको छ । साढे चार दशक लामो राजनीतिक यात्राका दौरान नेकपा (एमाले) का आदरणीय अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा गठित सरकारमा २०७८ जेठ १ देखि २०७८ असार २९ सम्म उप्रधानमन्त्री तथा अर्थमन्त्रीको रुपमा काम गरेँ। यसैगरी अध्यक्ष ओलीकै प्रधानमन्त्रीत्वमा २०७२ कात्तिक १९ देखि २०७३ साउन १९ सम्म अर्थमन्त्रीको रुपमा देशको सेवा गर्ने मौका पाएँ । दुवै पटक अर्थमन्त्री हुँदा नेपाली अर्थतन्त्र र आर्थिक विकासलाई नयाँ मोड दिने गरी बजेट प्रस्तुत गरेँ । मैले प्रस्तुत गरेको बजेट पार्टीभित्रबाट मात्र होइन, पार्टी बाहिरबाट पनि प्रशंसा र धन्यवाद प्राप्त हुँदा आफूले गरेको कामको गौरवानुभूति हुँदोरहेछ ।
मेरो जन्म विक्रम सम्वत् २०१६ मंसिर १६ (१९५९ डिसेम्बर १) मा हालको पुतलीबजार नगरपालिका वडा नं. १०, स्याङ्जामा भएको हो ।मैले १८ वर्षको उमेरबाटै सक्रिय राजनीति आरम्भ गरेँ जुन आज पर्यन्त पनि निरन्तर छ ।

थप जानकारी

(क) आर्थिक समस्याको मूल कारण– गठबन्धन सरकारको अराजकता र भ्रष्टता : १. गठबन्धन सरकार नेपाल,

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले सरकार छाड्दा अर्थतन्त्रका सबै सूचक सकरात्मक

(क) आर्थिक समस्याको मूल कारण– गठवन्धन सरकारको अराजकता र भ्रष्टता: १. गठबन्धन सरकार नेपाल, नेपाली

सम्बोधन

ग्यालरी

अन्तर्वाता

पुस्तक

प्रकाशन

सामाजिक सञ्जाल